एकै घरका ३ सहित ४ छिमेकीद्वारा अपाङ्गता भएकी किशोरीमाथि एक महिनादेखि लगातार बलात्कार


पीडा सहन नसकेपछि किशोरी न्याय माग्दै प्रहरीमा

प्रकाशित मिति :2018-11-21 16:48:19

–बिष्णुप्रसाद पोखरेल–

दमक । उमेर अन्दाजी १४/१५ वर्ष । उनी राम्रोसँग बोल्न सक्दिनन् । लेखपढ पनि गरेकी छैनन् । आमा पनि उस्तै । राम्रोसँग कान समेत सुन्दिनन् । बुबा ६ वर्षअघिदेखि अत्तोपत्तो छैन । गरिबीका कारण घरमा बिहान बेलुका के खाने समस्या छ ।

यस्तो पीडा भोग्दै आएकी झापाकी एक किशोरी एकै परिवारका तीन सहित ४ जनाबाट बलात्कृत भएकी छिन् । ति बालिकालाई एउटै परिवारको बुबा सहित २ छोराले बलात्कार गरेको घटना साेमबार सार्वजनिक भएको हाे ।

त्यतिमात्रै कहाँ गाउँकै संरक्षक जस्ता व्यक्तिबाट पनि उनीमाथि बलात्कार भयो । चार जनाबाट भएको बलात्कार सहन नसकेपछि किशोरी आफ्नी आफ्ना सुस्त श्रवण भएकी आमालाई लिएर प्रहरी समक्ष पुगिन् । आमासँगै गएकी किशोरीले आफै प्रहरीमा पुगेर पीडा सुनाएपछि प्रहरी समेत अचम्ममा परेको छ ।

अपाङ्ता रहेकी किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले तत्कालै गौरादहका ५७ वर्षका खडगप्रसाद बराइली, बराइलीका छोराहरु २८ वर्षका प्रविण बराइली र २४ वर्षका छत्रमान बराइलीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र येक्तेनले जानकारी दिए ।

उनीहरुसँगैै बलात्कारको अभियोगमा अर्का छिमेकी पुरुषोत्तम बराइली पनि पक्राउ परेका छन् । समाजमा यो हदसम्मको कुकृति बढ्न थाल्यो, यस घटनाले हामीलाई समेत अचम्मित बनाएको छ, प्रहरी निरीक्षक येक्तेन भने ।

बालिकाले दिएको बयान अनुसार कहिले घरमा लगेर त कहिले नजिक बाँसझाङमा र एकदिन घरमा नै आएर समेत बलात्कार भएको छ । विभिन्न समयमा पटक–पटक आफुमाथि जबरजस्ती भएको भनेर मिति र समय सहित बालिकाले बयान दिएकी छन्, येक्तेनले भने ।

दोभासेको व्यवस्था

आमा सुस्त श्रवण र बलात्कृत बालिका पनि राम्रो एवं प्रष्ट रुपमा बोल्न नसक्ने भएकाले दमक अपाङ्ग सहयोग समितिलाई आग्रह गरेर दोभासे राखेर उनीहरुको बयान लिइएको प्रहरीले जनाएको छ ।

हामीले अनुसन्धानमा कमी हुन नदिनका लागि दोभासेको समेत व्यवस्थापन गरेर बयान लिएका छौं, इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमरबहादु क्षेत्रीले बताए ।

कसरी आयो प्रहरीसम्म घटना

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार कात्तिकको पहिलो साता नै बालिका बलात्कृत भएकी थिइन् । त्यसपछि पटकपटक उनी पालोपालो बलात्कृत भइन् । उनलाई २० रुपैयाँ दिँदै फकाउने गरिएको समेत अनुसन्धानमा बालिकाले बयान दिएकी जनाइएको छ ।

जब पीडा महसुस हुन थालेपछि बालिकाले आफ्नी सुस्त श्रवण भएकी आमाले सुनाएपनि आमाले केहि बोल्न सकिनन् । बारम्बार आमालाई भन्दा पनि वास्ता नगरेपछि सोमबार आक्रोशित हुँदै बालिकाले आमालाई डोरीमा बाँधेर तानेर प्रहरी थाना लैजाने बताएपछि बल्ल यो घटना प्रहरीसम्म आइपुगेको जनाईएको छ ।

उनीहरुलाई प्रहरी कार्यालय कहाँ छ भनेर समेत थाहा नभएको अवस्थामा सोधखोज गर्दै प्रहरी चौकी स्कूलचौनमा आएपछि प्रहरीले जाहेरी लगायतका आवश्यक प्रक्रियामा सहयोग गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बलात्कृत बालिका आफन्तको शरणमा

बलात्कृत बालिकाको आवश्यक स्वास्थ्य परीक्षणपछि दमक आफन्तको शरणमा राखिएको बताइएको छ । बिक्षिप्त बनेकी उनलाई घरमा नै पठाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । बालिकालाइ सुरक्षित पुर्नस्थापना केन्द्रमा पठाउने की भनेर आवश्यक छलफल भइरहेको र आवश्यक बयानपछि बिकल्प खोजिने प्रहरीले जनाएको छ ।

४ जना आरोपितको म्याद थपियो

सोमबार पक्राउ परेका उनीहरुलाई जबरजस्ती करणीको अभियोगमा मुद्धा चलाईएको र मंगलबार जिल्ला अदालतमार्फत म्याद थप भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ परेका ४ जना नै विवाहित हुन् ।

एक सातामा ३ बालिका बलात्कृत

यो घटनासँगै एकसाताको अवधिमा दमकमा ३ बालिका बलात्कृत भएको घटना बाहिर आएको छ । मंगलबार राती दमक १ हम्सेदुम्से सामुदायिक बनभित्र एक १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कार गरिरहेको अवस्थामा स्थानीयले पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकमा बुझाएको बताइएको छ । पाँचथर घर भइ दमकमा डेरा गरी बस्दै आएका २८ वर्षका दीपक धमलालाइ १२ बर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक येक्तेनले जानकारी दिए ।

यसको दुई दिन अघि पनि १३ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेर गर्भ बोकाएको अभियोगमा कमल गाँउपालिका ६ का २८ वर्षका सञ्जिब राई पक्राउ परेका थिए । बालिकाको पेटमा ५ महिनाको बच्चा रहेको प्रहरीले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: