राष्ट्रपति ज्यू, तपाईंको मन रोएको छ कि ?


प्रकाशित मिति :2018-11-22 12:03:07

महामहिम राष्ट्रपति ज्यू, हालै मन्त्री परिषदले तपाईंको पक्षमा धेरै ठूलो निर्णय गर्यो ।

तपाईंको भवन साघुरो भयो भनेर तपाईंलाई काम गर्न सजिलो होस् भन्दै प्रहरी तालिम केन्द्र सार्ने र तपाईंको लागि १८ करोडको गाडि किन्ने । हुन त तपार्ईंंलाई कुन रुपमा ढाल्ने हो त्यो सबै मन्त्री परिषदको हातमा छ । तपाईंलार्ई सधै अरुले गरेका निर्णय उपर हस्ताक्षर गर्नु र हुन्छ मात्र भन्न लगाइयो ।

तपार्ईं हस्ताक्षर मै सिमित हुनुभयो । कहिले पनि तपाईंको आफ्नो तर्फबाट आधिकारीक जवाफ आएको हुँदैन । देशमा बलात्कार जस्तो जघन्य अपराधले जरो गाडिरहेको बेला तपाईं जस्ता प्रमुखबाट त्यसको विरुद्धमा कुनै जवाफ नआउँदा सबै महिलामा खिन्नता छाएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ४ महिना बितिसक्दा पनि बलात्कारी को हो भन्नेर पत्ता लाग्न सकेको छैन ।

रसना ढकाल

देशमा हरेक दिन निर्मला पन्तहरू बलात्कृत भैरहेका छन् । हरेक परिवारमा छोरी बचाउने ठूलो समस्या छ । यस्ता कुरा आम नागरिकलार्ई भन्दा पनि तपाईंलाई धेरै थाहा होला । तर कहिले ती नागरिकको घर आगनमा पुगेर तपाईंले सरकार छ भन्ने आभास तपाईंले दिलाउन सक्नुभएन ।

राष्ट्रपति भएर स्थान पाएपछि के आफ्नो व्यक्तिगत धारणा राख्नै नपाउने हो र ? मुलुकको विकास भनेको केवल बाटो घाटो मात्र होइन । महामहिम ज्यू यहाँका नागरिकले हरप्रहर आफूलाई सुरक्षित हुने आभास लिन सकुन्, जहाँ नागरिक भयरहित वातावरणमा बाच्छन् । त्यहि नै मुलुकको विकास हो ।

गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति भएकोमा हामीलाई गर्व छ । नेपालको महिलाहरू पनि अवसर पाए भने देशको प्रमुखसम्म बन्न सक्छन् भन्ने तपाईं ठूलो उदाहरण हुनुहुन्छ । दक्षिण एशियामै नेपाल यस्तो मुलुक होला जहाँ महिलाहरूलाई समान अवसरको साथै राज्यको नीति निर्माण तहमा पुग्न सकेका छन् ।

तपाईं राष्ट्रपति हुँदा नेपालको कुल जनसंख्याको आधा भन्दा बढी संख्यामा रहेका महिलाहरूको छाती गर्वले चौडा भएको थियो । महिला आन्दोलनको फलस्वरुप आज देशले महिला राष्ट्रपति पायो भनेर सबैले बुताले भ्याएसम्म तपाईंको स्वागत गरे । कार्यकालको शुभकामना दिए । किनकी त्यतिबेला सबै नेपाली महिलाको खुसीको सिमाना थिएन । वर्तमानसम्म आउँदा भने तपाईंलाई त केवल रबर स्ट्याम्पको रुपमा मात्रै प्रयोग गरिएको देख्दा नमजा लागेको छ ।

तपाईं यो देशको प्रथम महिला राष्ट्रपति । महामहिम हुनुपूर्व कसैको छोरी, पत्नी र आमा पनि हुनुहुन्छ । अरुबाट गरिएका गलत निर्णयहरूले तपाईंको मन पक्कै पनि रोएको छ । तर विडम्बना तपाईंको त्यो रुवाई कसैले पनि देखेका छैनन् । आज मुलुक कुन स्थितीबाट गुज्रिरहेको छ, त्यो तपाईं माझ मिनेट मिनेटको रिपोर्टिङ्ग हुन्छ । तर पनि सबै कुरा देख्दादेख्दै नदेखेको जस्तो गर्दा हाम्रा आसाहरु निरासामा परिणत हुनु स्वभाविक हो ।

तपाईंले एउटा प्रणालीको विकास गरिदिनु ताकि मन्त्री परिषद पनि हच्कियोस् यस्तो निर्णयबाट । उसलाई पनि आभास होस् कि यस्तो निर्णयहरूमा यो राष्ट्र प्रमुखको पनि आफ्नो राय हुन्छ ।

देशको समृद्धिको सवालमा कस्तो निर्णय गर्नुपर्छ भन्ने कुरा मन्त्रीपरिषदको हातमा हुन्छ । त्यहाँ राष्ट्रलाई बुझेका प्रभूत्व व्यक्तित्वहरू छन् । उनीहरूलाई धेरै कुरा थाहा हुन्छ । तर यति भनिरहँदा उसले गरेका सबै निर्णयहरू स्वागत योग्य पनि हुदैनन् होला । अहिले सबै निर्णय सिंहदरबारको हाताभित्र गरिन्छ । तर हामी नेपाली यो पर्खाइमा छौ कि यस्तो पनि दिन आओस् जहाँ नागरिकको प्रत्यक्ष निगरानीमा यस्ता निर्णय हुन्, जुन नागरिकले सजिलै स्वागत गर्न सकुन् । यति भनिरहँदा मन्त्री परिषदका निर्णय विरुद्ध केही बोलेका होइनौं । केवल यस्तो प्रणालीको विकास गरौं भन्न खोजिएको मात्रै हो ।

अहिले मुलुकमा भयको वातावरण छ । जनतामा उदाशिनता छाएको छ । बलात्कार जस्तो जघन्य अपराध बढ्दो छ । देश उही हो । मान्छे उही हुन् । सडक उही छन् । यस्ता विकराल समस्याको सामना गरिरहेको देशमा तपाईं १८ करोडको गाडि चढेर कुन ग्रह जाने हो र ? तपाईंका दिदीबहिनीहरुले आत्मसम्मानका साथ स्वतन्त्रतापूर्वक हिँड्न नसकेको अवस्थामा तपाईं एक्लै यो गाडिमा हिँडन अलि सुहाउन्न कि !

हालै मन्त्री परिषदले तपाईंको भवन सानो भयो भनेर नेपाल प्रहरीको इतिहास बोकेको प्रहरी एकेडेमीलाई सारेर तपाईंलाई फराकिलो बनाउने र उपराष्ट्रपतिको भवन सारेर समाज कल्याण परिषदको भवनमा लैजाने निर्णय गर्यो । यस्ता यी निर्णय कसैलाई मन परेको छैन । पदका कारण धेरैले यी निर्णयका विरुद्ध बोल्न सकेका छैनन् । ध्रुव सत्य के हो भने राजनीतिले सबैलाई जंजीरमा बाधेको छ । खबरदार यसको विरुद्धमा कोही बोल्यो भने त्यसको सर्वनाश हुनेछ भन्दै धम्काइएको छ । सबैलाई आफ्नो पद र हैसियतको माया त लाग्छ नै । बल्ल बल्ल पाएको स्थान गुमाउने रहर कसैलाई छैन ।

मुलुकमा यस्तो प्रणाली बसेको छ कि जहाँ ठूला पदमा आशिन व्यक्तित्वहरू सार्वजनिक स्थलमा गएर भाषण गर्न पनि सिंहदरबारको आदेशमा लयमा लय मिलाउँछन् । कुनै संगठनप्रति जनताको विश्वास छैन । किनकि त्यो विश्वासको वातावरणलाई छायामा पार्ने काम राजनीतिको कारण भैरहेको छ । यति भनिरहँदा तपाईंले कुरा बुझिसक्नु भयो होला । त्यही बाध्यताको भुमरीमा महामहिम राष्ट्रपतिलाई पनि बोली बन्द जस्तो गराइएको छ । जहाँ महामहिम ज्यूले आफ्नो तर्क राख्नै सक्नु हुन्न । यदि आफ्नो तर्फबाट केही गर्न सकिन्न । सधै सिंहदरबारको जवाफमा हिँडिन्छ भने त्यस्ता ठाउँ ओगटेर मुलुकको अर्थतन्त्रमा नै नोक्सान हुनेगरी किन स्थान लिएर बस्ने ? के का लागि चाहियो राष्ट्रपति र उपराष्ट्रपतिको पद यो मुलुकमा ? कहिलेसम्म मन्त्री परिषदको निर्णयमा हस्ताक्षर गर्दै बस्ने ? होइन हामीलाई यति ठाउँ नै धेरै छ यसैमा मिलाएर काम गर्छौ । १८ करोडको गाडि चाहिँदैन भन्ने धारणा तपाईंहरूबाट आइदियो भने बल्ल मुलुक एक प्रणालीगत बाटोबाट हिँडिरहेछ भन्ने हुन्थ्यो ।

अहिले मुलुकमा भयको वातावरण छ । जनतामा उदाशिनता छाएको छ । बलात्कार जस्तो जघन्य अपराध बढ्दो छ । देश उही हो । मान्छे उही हुन् । सडक उही छन् । यस्ता विकराल समस्याको सामना गरिरहेको देशमा तपाईं १८ करोडको गाडि चढेर कुन ग्रह जाने हो र ? तपाईंका दिदीबहिनीहरुले आत्मसम्मानका साथ स्वतन्त्रतापूर्वक हिँड्न नसकेको अवस्थामा तपाईं एक्लै यो गाडिमा हिँडन अलि सुहाउन्न कि !

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: