पहिलोपटक मन्त्री परिषद्ले गर्यो १६ दिने अभियान मनाउने निर्णय


प्रकाशित मिति :2018-11-23 16:41:10

–महिला खबर–

ललितपुर । यसपटकको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई लैंगिक हिंसा विरुद्ध शुन्य सहनशिलता कायम गर्ने अभियानका रुपमा मनाउने नेपाल सरकारले निर्णय गरेको छ ।

गएको कात्तिक २९ गते मन्त्री परिषद् बैठकले नै निर्णय गरी शुन्य सहनशिलता कायम गर्ने अभियानका रुपमा मनाउने औपचारिक निर्णय गरेको हो । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मलाई विश्वव्यापी रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा मनाइन्छ ।

नेपालमा यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको निर्णयमा मात्रै १६ दिने अभियान मनाईंदै आइएको थियो । यसवर्षदेखि भने सरकारले नै १६ दिने अभियानको स्वामित्व लिएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बताईन् ।

उनका अनुसार औपचारिकताको लागि नभइ दीर्घकालमा महिला हिंसा न्यूनिकरण हुने गरी योजनाका साथ यसपटकको १६ दिने अभियान मनाउन लागिएको हो । महिला मन्त्रालय र राष्ट्रिय महिला आयोगले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले भनिन्, ‘हामी दीर्घकालसम्म महिला हिंसा घटाउने योजनाका साथ यो वर्षको १६ दिने अभियान सञ्चालन गर्दैछौं ।’

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगको संयुक्त आयोजनामा सरकारले अभियान अन्तर्गत विभिन्न कार्यक्रम गर्ने तय गरेको छ ।

जसअन्तर्गत सातै प्रदेशमा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालालाई सहभागी गराएर २ दिने कार्यशाला गर्ने कार्यक्रम तय गरिएको छ । मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले भने, ‘कार्यशालाबाट आएका सल्लाहका तथा कार्ययोजनाका आधारमा रणनीति बनाएर घरघरसम्म लैंगिक हिंसा विरुद्धको अभियान लैजान्छौं ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: