लैंगिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार


प्रकाशित मिति :2018-11-23 17:04:17

–महिला खबर–

ललितपुर । नेपालमा महिला बालबालिका माथि यौन हिंसा बढिरहेको समयमा मनाउन लागिएको यसवर्षको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा लैंगिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार भन्ने नारा तय गरिएको छ ।

१६ दिने अभियान सञ्चालन गर्न गठिन मूल समारोह समितिले यसवर्षको नारा नेपालमा अहिले महिला बालबालिकामाथि बढिरहेको हिंसाको अवस्था हेरेर तय गरिएको जनाएको छ ।

 

विश्वभर भने “अरेन्ज द वर्ल्ड : हिअर मि टू” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्दकाे १६ दिने अभियान मनाईंदै छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्र पौडेलले राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गर्न महिला मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको जानकारी दिए ।

उनका अनुसार आउँदो आइतबार (नोभेम्बर २५) भृकुटीमण्डपबाट बृहत र्याली निकालेर १६ दिने अभियानको थालनी गरिने छ । र १६ दिन भरि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार १६ दिनभर नै सातै प्रदेश, प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका प्रम्ुख, स्थानीय तहका प्रमुख उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालालाई अभियानभर विभिन्न कार्यक्रममा सहभागी गराइने योजना छ ।

अन्तरक्रियादेखि सार्वजनिक सुनुवाइसम्म

१६ दिने अभियानको अवधीभर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोग मिलेर विभिन्न कार्यक्रम गर्दैछन् ।

शुक्रबार पत्रकार सम्मेलन गरि दिईएको जानकारी अनुसार अन्तरक्रियादेखि जिल्ला तथा काठमाडौंमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्म तय गरिएको छ ।

राष्ट्रिय महिला आयोगका सचिव अनिल कुमार ठाकुरका अनुसार लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमूखिकरण, न्यायिक समितिका पदाधिकारीलाई अभिमूखिकरण, विद्यालयस्तरको जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रम १६ दिन अवधीभर सञ्चालन हुने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: