–महिला खबर–
ललितपुर । बाल अधिकार तथा बाल संरक्षणमा स्थानीय तह एवम् सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
स्थानीय तहका प्रतिनिधि र प्रहरी लगायत सरोकार निकायका प्रतिनिधिको सहभागितामा चेन्ज नेपालले आयोजना गरेको कार्यशाला गोष्ठीमा यस्तो बताइएको हो ।
चेन्ज नेपालका अध्यक्ष मोहिनी लामाका अनुसार गोष्ठीमा स्थानीय सरकार संचालन ऐन २०७४ मा बालअधिकार सम्बन्धी उल्लेखित विषयहरु के के छन्, बालमैत्री स्थानीय शासनका सूच्कहरु के के हुन् र बालअधिकारमा आधारित सहभागितामूलक योजना तर्जुमा र स्थानीय तहमा बाल संरक्षण सम्बन्धमा छलफल भएको छ ।
स्थानीय तहमा गरिनुपर्ने बाल संरक्षण सम्बन्धी कामको विस्तृतीकरण गर्ने, स्थानीय तहलाई बाल संरक्षणका लागि उपयुक्त संयन्त्र निर्माण तथा कार्यक्रमहरुको तर्जुमा गर्न सहयोग पुरयाउने र स्थानीय तहबाट हुने बाल संरक्षण सम्बन्धी सेवा प्रवाहमा न्यूनतम समरुपता कायम गर्न योगदान दिने उद्देश्यले जनप्रतिनिधि र सराकारवाला निकायसँग छलफल गरिएको चेन्ज नेपालका कार्यक्रम संयोजक सृजना दाहालले बताइन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा प्रतिनिधि, प्रहरी वृत्त, प्रहरी सेवा केन्द्र, पत्रकार लगायत बाल अधिकार र संरक्षणमा काम गर्ने निकायका प्रतिनिधहरुको उपस्थिती रहेको थियो ।
Comment Here!