पितृसताले नारी माथी कोरेका
सारा असमानताका रेखाहरु
कुल्चिएर चल्छु
छैन स्वीकार मलाई
दोस्रो दर्जाको मानव हुन,
किनकि म पनि
पुरुष समान अधिकार बोकेर हिँड्छु
तिमीले कोरेको मर्यादाको सिमाले
मेरो चरित्र निर्धारण गरेसम्म
हो म तिम्रो नजरको
चरित्रवान बन्न सकिन
मलाई मात्रै लागू हुने कानून मानिन
बतिस लक्षणको कसिमा
कहिले आफूलाई कसिन ।

प्रतिक्षा कार्की
पढ्दिन नारी शिक्षा घुम्टोभित्र पसेर
दिन्न गर्न राज कसैलाई
मेरो शरीर माथी किनकि
म तिमिले खेल्ने गुडिया हैन
छ मेरो जिवित स्वतन्त्र अस्तित्व
हो त्यसैले तिम्रो नजरको
गुणवान हुन जानिन ।
म बाचेको समाजले भन्छ
घर भित्र लुक्नु पर्छ,
जीउ मात्रै किन ? मुहारै छोप्नु पर्छ
म पुरुषको निगरानीमा बस्नु पर्छ
नत्र म फेरि कुनै
बलात्कारीको नजरमा पर्छु रे
बम्बईको कोठीमा बेचिन्छु रे
मेरो चरीत्र लिलाम हुन्छ रे,
म फेरि बदनाम हुन्छु रे
तर मेरो आँखाले खुला आकाश हेर्छ
सिमाहिन धर्ती देख्छ ,
डरत्रासलाई चिर्न थाल्छ,
फेरि पनि बाच्न खोज्छु
स्वतन्त्र जीवन, हो त्यसैले म
मर्यादावान हुन जानिन ।
मेरो ईज्जत सिसा सरी रे
कसैले छोईदिए दाग धब्बा लाग्ने
मेरो जीवन कठपुतली सरि रे
सधै तिम्रो ईसारामा नाच्नु पर्ने
तिमी सधै स्वतन्त्र पन्छी
अनि म ? निति-नियमरूपी पिंजडाको बन्दी
तोड्दैछु म यो पिंजडा ,
नकार्दैछु म माथि लाग्ने
वाईयात लाल्छना
हो त्यसैले म तिम्रो नजरको
नैतिकवान हुन जानिन ।
मलाई यति सम्झाई देउ,
खोलेर चेतनाका आँखाले
तिमी पुरुष जाती म नारी जाती
नयाँ सृष्टि-रचनामा
बराबर छ हिस्सादारी ,
तर
फेरि पनि तिमी मेरो मालिक
म कसरी भएँ तिम्रो दासी ।
कदापि स्वीकार छैन यो विभेद
छ मभित्र पनि विवेक,
हो त्यसैले म तिम्रो नजरको
ज्ञानवान बन्न सकिन ।
Comment Here!