केटाहरुलाई यौन दुर्व्यवहार हुन्छ ?


प्रकाशित मिति :2018-11-28 14:56:23

– नवोदिता सुवेदी-

सामाजिक सञ्जाल मार्फत चलेको #MeToo अभियानबाट संसारका करोडौं महिलाहरूले आफूमाथि भइरहेको यौन शोषण र दुर्व्यवहार विरुद्ध आवाज उठाइरहेका छन् । तर नेपालमा भने अझै पनि यसबारे खुलेर कुरा गर्न थालिएको देखिदैन ।

बलात्कारका घटना दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांक त कहाली लाग्दो नै छ । नेपाल प्रहरीका अनुसार आ.व. २०७४\०७५ मा मासिक १२० वटा बलात्कारका उजुरी दर्ता भए अर्थात् दैनिक चार बलात्कारका घटना भए ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार १५ देखि ४९ वर्षका कम्तिमा ५० हजार महिलाहरूले आफ्नो जीवनमा यौन हिंसा भोगेका छन् । तर यस्तो दुर्व्यवहार १५ देखि ४९ उमेरका महिलाहरूमा मात्र सिमित छैन । अझ कैयन् घटनाहरू त न उजुरी गर्छन् न दर्ता हुन्छन् । तसर्थ यो तथ्यांक अझै धेरै हुने कुरामा त कुनै शंकै छैन ।

यौन दुर्व्यवहारका विषयमा कुरा गर्नु हाम्रो जस्तो पितृसतात्मक समाजमा अझै पनि बर्जित झैँ छ । महिलामाथि हुने भेदभाव समाजका सबै तहमा अन्तरनिहित छ । यसबारे पछिल्लो समय बिस्तारै कुराहरू हुँदै आएको अवस्था छ ।

नेपालमा बलात्कार तथा बलात्कार प्रयासका घटना केही वर्षयता बढ्दो अवस्थामा छन् । महिलालाई जिस्काउने, सार्वजनिक स्थानमा यौन दुर्व्यवहार गर्ने, महिलाको व्यक्तिगत जीवनमा हस्तक्षेप, अवाञ्छनित र अप्ठेरो लाग्नेगरी लामो समयसम्म घुर्ने जस्ता विषयमा आवाज उठाउन र यसको विरोध गर्ने विषयमा भने नेपाली समाज अझै मौन छ ।

हाम्रा कानूनी व्यवस्थाहरू पनि महिलामाथि हुने गम्भीर प्रकृतिको अपराध, जस्तै बलात्कार जस्ता विषयमा केन्द्रीत छ । पैरवीका अभियानहरू पनि यौन दुव्र्यवहार जस्ता विषयमा नभई लैंगिक समानता जस्तै वृहत विषयवस्तुमा मात्र केन्द्रीत हुँदा यस प्रकारका समस्यामा सबैको यथेष्ट ध्यान गएको देखिंदैन ।

पछिल्लो अध्ययनले श्रम बजारमा महिलाको सहभागिता बढ्दो देखाएको छ । अर्थात् यसलाई अर्को आँखाबाट हेर्दा कार्यस्थलमा महिलामाथि हुन सक्ने यौन दुर्व्यवहार पनि बढ्ने देखिन्छ । र पनि यसका बारेमा न समाजले मान्यता दिएको छ, न त कानूनी उपचार नै प्रभावकारी छ ।

पितृसतात्मक समाजले बनाएका मूल्य मान्यता र सामाजिक दृष्टिकोणले समाजमा महिला र पुरुषबीच शक्तिको असन्तुलन र असमान वितरण गर्दछ । जसका कारण महिला र बालिकाको स्थान समाजमा सदैव पुरुषभन्दा तल हुन्छ । असन्तुलित शक्तिको बाँडफाँडले महिलाहरूलाई आफूमाथि हुने हिंसा, शोषण, दुव्र्यवहार, यौन दुर्व्यवहारजस्ता विदेभकारी व्यवस्थाको विरोध गर्नुको साटो उल्टै सहन प्रोत्साहित गर्छ । ‘केटाहरू यस्तै नै हुन्छन्’ जस्ता जनजिब्रोमा झुण्डिने टुक्काहरूले पनि हाम्रो समाजमा कसरी महिलामाथि पुरुषको दमन सहजै पाच्य भइरहेको छ भन्ने कुरा दर्शाउँछ ।

यौन दुर्व्यवहार व्यक्तिको गोपनीयता र मर्यादाको हनन् हो । जसले मानिसको जीवनमा तनाव, आत्मग्लानी, थकान, रिस, डिप्रेशन, चिन्ता, असहाय, आत्मबलमा कमी र शारीरिक अशक्तताजस्ता समस्या निम्त्याउँछ । कार्यस्थलको कुरा गर्दा पीडितले जागिर गुमाउन, रोजगारीको अवसर वा करिअरको विकासको अवसर नै पनि गुमाउन सक्छ । यस्ता कुराहरूले श्रम बजारमा महिलाको उपस्थितिलाई सिमित गरिदिएको छ र पनि यो विषयमा हाम्रो देशमा अझै पनि खुलेर कुरा गर्ने वातावरण बनिसकेको छैन ।

महिला सशक्तिकरणको लागि सुरु गरिएको ‘सही हो !’ अभियान अन्तरगत भर्खरै काठमाडौंका सडकहरूमा गएर कार्यस्थलमा वा कार्यस्थल जाँदा–आउँदा आफूमाथि हुने यौन दुर्व्यवहारबाट कसरी बच्ने भन्नेबारे विभिन्न क्षेत्रमा काम गर्ने महिला र पुरुषहरूलाई प्रश्न सोधेका थियौं ।

कार्यस्थलमा हुने यौन दुर्व्यवहारको विषयमा महिला र पुरुषको धारणा, सोच, अनुभवहरू बुझ्नको लागि यो छोटो सर्वेक्षन गरिएको थियो । झण्डै ३० जना व्यक्तिहरू यो अन्तरवार्तामा सहभागी हुनुभयो । जसलाइ एउटै प्रश्न सोधिएको थियो,–‘तपाई कार्यस्थलमा वा कार्यस्थल जाँदा–आउँदा आफूमाथि यौन दुर्व्यवहार नहोस् भन्नका लागि के गर्नुहुन्छ ?’

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

भिडियोमा सहभागी पुरुषहरूले आफूले त्यस्तो कुनै पनि प्रकारको तयारी नगर्ने, यस बारेमा कहिल्यै पनि नसोचेको जिकिर गरे । केही सहभागी पुरुषहरू त प्रश्न सोधेपछि यस्तो प्रश्न किन हामीलाई सोधेको होला भनेर छक्क परे । तर अर्को तर्फ महिलाहरूले भने आफूले कस्तो लुगा लगाउने भन्ने बारेमा ध्यान पु¥याउने, धेरै साँझ वा विहान नहिँड्ने, कोठामा पुरुषमात्र हुँदा एक्लै नबस्ने, आफ्नो लागि कुन ठाउँ सुरक्षित हो भनी निक्र्यौल गर्ने जस्ता आफू जोगिनका लागि भनेर गर्ने विभिन्न किसिमका तरिकाहरूका बारेमा बताए । उनीहरू सोच्दछन् कि यी तरिकाहरूले कार्यस्थलमा उनीहरूमाथि हुनसक्ने यौन हिंसाको जोखिमलाई कम गर्छ ।

यो सानो अन्तरवार्ताले महिलाहरू आफूमाथि हुनसक्ने यौन हिंसा निवारण गर्नु आफ्नो मात्रै जिम्मेवारी हो ठान्छन् । पुरुषहरूले भने यसबारेमा खासै सोच्नु परेको देखिएन । सोे सर्वेक्षणमा कहिँ कतै पनि पुरुषहरूले हिंसा वा दुव्र्यवहार गर्न नहुने भन्ने आवाज उठेको पाएनौं । बरु हरेक दिन कुनै न कुनै तरिकाबाट यौन दुव्र्यवहारको सिकार भइरहेका महिलाहरूले भने आफ्नो कस्तो बानी परिवर्तन गर्ने ? जसका कारण यौन हिंसा वा दुर्व्यवहार भोग्न नपरोस् भनेर सोच्ने गरेको देखियो ।

हामी कस्तो समाजमा बाँचिरहेका छौ भनेर सोच्न यस भिडियोमा आएका प्रतिक्रियाहरूले बाध्य बनाएको छ । जहाँ महिला दुव्र्यवहारको सिकार हुनसक्ने कुरा सहजै आत्मसात गर्ने एउटा सामान्य कुरा हो । र पुरुषले महिलामाथि दुर्व्यवहार नगर्नु एउटा उल्लेखनीय कुरा हो । २१ औं शताब्दीमा बाँचिरहँदा यो कस्तो बिडम्बना !

यौन दुर्व्यवहारले कसरी महिला र श्रम बजारमा उनीहरूको उपस्थितिलाई प्रभाव पारिरहेको छ भन्ने जान्नका लागि यस विषयमा गहन अध्ययन र बुझाइमा स्पष्टताको खाँचो छ ।

सन् २००६ मा ८३ प्रतिशत रहेको महिला कामदारको मात्रा २०११ मा आएर ७७ प्रतिशतमा झरेको छ भने सन् २०१६ मा ६८ प्रतिशतमा झरेको भनेर नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले देखाएको छ ।

आत्मसम्मान, मर्यादा र व्यक्तिगत स्वतन्त्रतामाथि कुनै पनि व्यक्तिको हस्तक्षेप सहजै रुपमा लिने वा वेवास्ता गरिनु हुँदैन । यस बारेमा मौनता तोड्नुपर्छ र खुलेर कुरा गर्न सुरु गर्नु आजको आवश्यकता हो । महिला र बालिकालाई आफ्नो क्षमताको पहिचान र दक्षताको पहिचान गरेर अगाडि बढ्न बाधा पुर्याउने हिंसा विरुद्ध हामी सबै एक हुनुपर्छ ।

महिलाहरू दैनिक रुपमै कार्यस्थलमा यौन हिंसा र दुर्व्यवहारबाट आफूलाई असुरक्षित महसुस गर्दछन् । फलतः यसले श्रम बजारमा उनीहरूको उपस्थिति र सहभागितालाई सिमित गरिराखेको छ । र ती महिलाहरू जो श्रम बजारमा छन्, उनीहरूले पनि दैनिक जसो यौन दुर्व्यवहार र भेदभाव भोगिरहेका हुन्छन् । जसले उनीहरूलाई यसै क्षेत्रमा लागिरहन दुरुत्साहित पारिरहेको छ ।

कुल महिलाहरू मुलुकको आर्थिक विकास र समृद्धिका लागि दरिलो संवाहकहरू हुन् । तर यौन दुव्र्यवहार जस्ता समस्याहरूले गर्दा महिलाहरूले आर्थिक क्षेत्रको रुपान्तरणमा चाहेजति र सकेजति योगदान पु¥याउन पाएका छैनन् । यो समस्या समाधानको सबैभन्दा उत्तम उपाय भनेको यस्तो अवस्था सिर्जना नै हुन नदिनु हो । हिंसा र खासगरी काम गर्ने ठाउँमा हुने वा हुन सक्ने यौन दुर्व्यवहारका विषयमा खुलेर कुरा गर्ने वातावरणको सिर्जना गर्नुपर्दछ ।

हिंसा र दुर्व्यवहारसँग सम्बन्धित महिलाको अनुमति बेगरका यस्ता क्रियाकलाप, महिलालाई वस्तुसँग तुलना गरिने सोच र महिलामाथि हुने हिंसालाई सहजै स्वीकार गरिने व्यवहार विरुद्ध बलियोसँग आवाज उठाएर संरचनागत रुपमै यसलाई सामाधन गरिनुपर्दछ । यौन दुर्व्यवहारलाई सजिलै स्वीकार गर्ने सामाजिक मान्यता, संरचना र व्यवहार विरुद्ध सबैको सामूहिक आवाज आजको आवश्यकता हो ।

आत्मसम्मान, मर्यादा र व्यक्तिगत स्वतन्त्रतामाथि कुनै पनि व्यक्तिको हस्तक्षेप सहजै रुपमा लिने वा वेवास्ता गरिनु हुँदैन । यस बारेमा मौनता तोड्नुपर्छ र खुलेर कुरा गर्न सुरु गर्नु आजको आवश्यकता हो । महिला र बालिकालाई आफ्नो क्षमताको पहिचान र दक्षताको पहिचान गरेर अगाडि बढ्न बाधा पुर्याउने हिंसा विरुद्ध हामी सबै एक हुनुपर्छ ।

(नवोदिता सुबेदी विकास संवाददाता हुन् । उनी इक्वल एक्सेस इन्टरनेसनलमा ‘सही हो !’ अभियानको लागि पैरवी तथा संचार अधिकृतको रुपमा काम गर्छिन् । ‘सही हो !’ महिला सशक्तिकरण र लैङ्गिक समानताको लागि सुरु गरिएको एक वर्षे पैरवी अभियान हो । )

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: