सञ्चार माध्यम एक भए लैंगिक हिंसा अन्त्य हुन्छः आयुक्त तिम्सिना


प्रकाशित मिति :2018-12-01 10:26:42

-महिला खबर-

ललितपुर । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले नेपालमा लैङ्गिक हिंसाको अन्त्यको लागि सञ्चार माध्यमको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताएकी छन् । सञ्चार माध्यमले एकतावद्ध भई समाचार संप्रेषण गरी आम नागरिकमा सकारात्मक सूचना प्रवाह गरेको खण्डमा हिंसा न्यूनिकरण हुने दावी उनको छ ।

जागरण नेपाल, संचारका समूह र मेन (पुरुष) इन्गेज अलाइन्सको आयोजनामा शुक्रबार काठमाडौंमा भएको ‘लैङ्गिक समानताका लागी पुरुष सहभागीता र संचार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त तिम्सिनाले यस्तो बताएकी हुन् ।

देशमा सामाजिक मुल्य, मान्यता तथा रीतिरिवाजका कारण लैंगिक हिंसा हुने गरेको बताउँदै कुनै पनि कामको वाद र प्रतिवाद गर्नुभन्दा पनि वास्तविक सूचनाको आधारमा अघि वढ्नुपर्नेमा उनले जोड दिइन् ।

उनले नेपालको संविधानत सूचनाको हक अधिकार सवै नागरिकमा समान रुपमा रहे पनि अधिकारको बारेमा खोजमूलक कार्य गर्न नसक्नु दुःखद् भएको बताइन् ।

जोसँग सबैभन्दा धेरै सूचना छ उ नै सबैभन्दा धनी व्यक्ति हो भन्दै आयुक्त तिम्सिनाले सूचना हुने व्यक्तिले नेतृत्व गरी देशलाई समृद्ध बनाउन सक्ने बताइन् ।

कार्यक्रममा संचारिका समूहका अध्यक्ष नीतु पण्डितले कार्यपत्र प्रस्तुत गर्दै पुरुषवादी चिन्तन पुरुषमा मात्रै नभई महिलामा पनि हुने गरेको बताइन् । उनले संरचनागत हिंसाले महिलालाई मारमा पारेको बताइन् ।

जागरण नेपालका व्यवस्थापक मिना विष्टले म पनि वोल्छु भन्ने लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियान २०१८ ले जनचेतनामूलक कार्य अघि बढेको बताइन् । उनले महिलाले मात्र यो अभियान सञ्चालन गरेमा अपेक्षित रुपमा लक्ष्य पुरा गर्ने नसकिने भन्दै महिलाले बोलेर मात्र समाजमा समानता नआउने भएकाले हिंसा अन्त्य गर्नको लागि पुरुषको सहभागिता अनिवार्य भएको बताइन् ।

मेन (पुरुष) इन्गेज अलाइन्सका अध्यक्ष कृष्ण थापाले हिंसा अन्त्यको लागि पुरुष सहभागिता अपरिहार्य रहेको बताउँदै सामाजिक, सांस्कृतिक, धार्मिक लगायतका रुढिवादी मान्यताका कारण हिंसा बढी हुने गरेको बताए । उनले हिसां नियन्त्रण गर्न सबै नेपाली नागरिक एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प नहुने बताए ।

वरिष्ठ पत्रकार टंक पन्तले सामाजिक न्यायको सिद्धान्तलाई सबै नागरिकले आत्मसात् गर्न सके लैंगिक हिंसा अन्त्य हुने बताए ।

युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले परम्परादेखि नै महिलामाथि पुरुषको थिचोमिचो हुँदै आएको भन्दै सोच परिवर्तन गर्न सके हिंसा अन्त्य हुने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: