महिलाले निर्देशन गरेका छोटा चलचित्र प्रतियोगितामा ‘अगेन्स्ट अल अड’ सर्वोत्कृष्ट


प्रकाशित मिति :2018-12-02 20:04:00

-महिला खबर-

ललितपुर । महिलाले निर्देशक गरेका छोटा चलचित्र प्रतियोगितामा ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’ सर्वोत्कृष्ट भएको छ ।

यस्तै विद्या चापागाइको ‘स्टोरी अफ स्कूल’ र निशा मानन्धरको ‘वी क्यान’उत्कृष्ट तीनमा पर्न सफल भएका छन् ।

ज्योत्सना सिंह ठकुरी

प्रतियोगितामा चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, शुष्मा गौतम र असिम शाह निर्णायक रहेका थिए ।

प्रतियोगितामा नेपालका सात फिल्मअन्तिम चरणमा पुगेका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’लाई आइवार्ट नेपालकाअध्यक्ष मन्टेश्वरी राजभण्डारीले रु २५ हजारसहित पुरस्कार प्रदान गरिन् ।

यस्तै उत्कृष्ट हुने दुई चलचित्रलाई दोसल्ला र मायाको चिनोसहित सम्मान गरियो ।

आइवार्ट नेपालले आयोजना गरेको दोस्रो आइवार्ट महिला चलचित्र महोत्सवमा महिलाले निर्देशन गरेका १० देशका १२ चलचित्र प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा चलचित्रका निर्देशकसँग चलचित्र सम्बन्धमा अन्तरक्रिया पनि गरिएको थियो ।

काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा आइवार्टका अन्तर्राष्ट्रिय अध्यक्षभ्वायलेट गोन्डा र संचार अधिकृत गीतालाल सहाइको पनि उपस्थिती रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: