मानसिक समस्याले अपाङ्गता गराउन सक्ने


प्रकाशित मिति :2018-12-04 11:56:18

–महिला खबर–

काठमाडौँ । मान्छेमा अपांगता हुने प्रमुख समस्या मध्य मानसिक समस्या सबैभन्दा खतरनाक रहेको बताइएको छ । अपाङ्गता गराउने प्रमुख दश समस्यामध्ये चार मानसिक समस्याका कारण हुने गरेको बताइएको हो ।

२७ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा कोसिस नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक मातृका देवकोटाले नेपालमा नसर्ने रोगको समस्यामध्य १८ प्रतिशत समस्या मानसिक रोगको कारण हुने गरेको बताए ।

जनगणनाअनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको एक दशमलव ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ रहेको छ ।

यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलब ६, न्यून दृष्टि भएका १६ दशमलब पाँच र सुन्नमा समस्या भएका १५ दशमलब चार प्रतिशत छन् ।

त्यसैगरी मानसिक अपाङ्गता भएका ६ दशमलब ६४ प्रतिशत छ ।

यस वर्षका लागि नारा ‘मलाई गणना गर, समावेश गर’ भन्ने रहेको छ ।

कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको न्यूनीकरण र त्यससम्बन्धी विभिन्न प्रवद्र्धनात्मक कार्य गर्न र गराउनका लागि बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: