बलात्कार आरोपी पक्राउ, वडाध्यक्ष भन्छन्, ‘मैले पैसामा कुरा मिलाएको छैन’


प्रकाशित मिति :2018-12-07 13:58:08

–महिला खबर–

ललितपुर । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका वडा नम्बर ६ मा बालिका बलात्कारको घटनामा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महिलाखबर डटकमले समाचार प्रकाशित गरेपछि आरोपी विर्खबहादुर तामाङलाई प्रहरीले १४ गते पक्राउ गरेको हो । १० वर्षीया बालिकामाथि मंसिर १० गते बलात्कार भएको थियो ।

प्रहरीका अनुसार घटना सार्वजनिक भएर समाचार आएपछि प्रहरीले तामाङको खोजी गरेको थियो । सोही गाउँपालिका अन्तर्गत पर्ने खाल्डेचौकी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) सन्तोषकुमार झाका अनुसार मंसिर १४ गते राती घरमा सुतिरहेको अवस्थामा तामाङ पक्राउ परेका हुन् ।

तामाङ पक्राउ परेसँगै इलाका प्रहरी कार्यालय मेलम्चीले उनीविरुद्ध जाहेरी दर्ता गरेको थियो । घटनालाई सामान्यीकरण गराउँदै सोही वडाका वडाध्यक्ष मानबहादुर तामाङको पहलमा गाउँमै ३० हजार रुपैयाँमा घटना मिलाइएको थियो । तर घटनाको समाचार बाहिर आएपछि भने वडाध्यक्षकै नेतृत्वमा मंसिर १४ गते प्रहरीमा जाहेरी दर्ता दिइएको थियो ।

वडाध्यक्ष तामाङले भने आफूले पैसामा कुरा नमिलाएको र आफू नै सक्रिय भएर सो घटनाको जाहेरी दर्ता गर्नको लागि प्रहरीकोमा गएको दाबी गरे ।

यसअघि महिला खबरमा प्रकाशित समाचारमा वडा अध्यक्ष तामाङको भनाइ लिनका लागि पटक पटक ९८४१९६४६८७ नम्बरको मोबाइलमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेको थिएन ।

तामाङले त्यतिबेला आफ्नो मोबाइलमा ब्याट्री सकिएर स्वीच अफ भएको बताए । साथै आफूले बलात्कारको घटना पैसामा भने नमिलाएको दाबी पटक पटक महिला खबरसँग गरे ।

स्थानीय बासिन्दाका अनुसार भने पीडितको घरमा वडाध्यक्ष, पीडित र पीडकको परिवार बसेर छलफल गरी ३० हजार रुपैयाँ उपचारका लागि दिइने शर्तमा घटना मिलाइएको थियो । पीडितका परिवारले उक्त रकम लिएका थिए ।

सो रकम उपचार र मेलम्ची जाँदा आउँदा नै खर्च भएको पीडितकी आमाले बताएकोे एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा महिलाख बरलाई बताए । (स्थानीयले बताएको अडियो रेकर्ड महिला खबरसँग सुरक्षित छ ।)

पीडित वडाध्यक्षको नातेदार र पीडक वडाध्यक्षको १३ दिने दाजुभाइ भएकोले घटनालाई सामान्यीकरण गरिएको ती स्थानीयले दाबी गरे ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले मंसिर १४ गते बिहान ११ बजे प्रहरीमा उजुरी दर्ता गरेको बताएका छन् । स्थानीयले भने घटना भएको थाहा पाउनेबित्तिकै प्रहरीलाई जानकारी गराएको बताए । यद्यपि प्रहरी घटनाको भोलिपल्ट मात्रै गाउँ पुगेको थियो ।

प्रहरी निरीक्षक दर्नालले घटनाको भोलिपल्ट प्रहरीले आरोपी तामाङलाई पक्राउ गर्न प्रहरी पठाएको तर पीडकलाई गाउँमै नभेटेकोले पक्राउ गर्नका लागि समय लागेको बताए । प्रहरी निरीक्षक दर्नालका अनुसार पीडक १५ वर्षका छन् ।

समाचार सम्बन्धमा वडा अध्यक्ष मानबहादुर तामाङको खण्डन पत्र

https://mail-attachment.googleusercontent.com/attachment/u/0/?view=att&th=1678707ec783de4e&attid=0.3&disp=inline&realattid=f_jpcgetf72&safe=1&zw&saddbat=ANGjdJ9Tp0xCHiBpLXzg0n9GY584HRN8ECwhqM6X9JButLfLcbX0kRNsTwh6-hKibVJygFEj4OQKdlb3TWzUlyTq6oC7CYbtLSUlk2vpHq3PekIhAOz4qND1GFcLRkLzzYoH1CSQCpQpGaxjkIkrMyg4Wn6Q61DQoItdXrI4NS7NTaJIkF-xPMvq1U2k12fWrSHQsCJprD_zlnUEDqBAcY-H_98GLk21ESpO0OGGirgj4ySIW8_jD-RE4zWvMPUocHJtn7NvhQ82EeA89f_XIrFMyksK1CqsyKMFZDZtrOvWM7q5ClliCIwAlmCNzTA1f-bXrebjMDH0syg1bvfF38lYjKllHMmz_DkS7PmqovDjJEdcCArhPiT7PUEJ33SXwKGOcvwgwR8JzC9v2jhMJ0EG_4rQCx_kunRd62QfdFtjjOR4I_9AGL1ylmsfTtr9gcTu3Uv_I-IaH7ZaeugwdpGjTn-9jXnGBZJrnFbINrd3jstz7d89xzsn5joEQhh8-b0isDMPRZUVctJQ8kCZVPVBjZ5_w75vR4cJEwVDXa1AR2T7XFgTkVl-9lrvAMyCjAQl5BTrsHfnm3DJia8c8DHkkOaHup9Kj1jfxjacISmkAGVIDKc99tfmjQwZDnVsitVZrSD9mwDYQwmwmx_b

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: