–महिला खबर–
पाँचथर । माछापुच्छ्रे बैंक पाँचथरले हिलिहाङ ७ स्थित महादेव आधारभूत विद्यालयका २० जना माझी विद्यार्थीलाई विद्यालय सामग्री वितरण गरेको छ ।
शनिवार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पाँचरका प्रमुख विष्णुप्रसाद सापकोटाले विद्यार्थीहरुलाई झोलासहित ट्रयाक सुट वितरण गरे ।
वैकको १८ औं स्थापना दिवशको सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बैंकले लक्षित वर्गका विद्यार्थीहरुलाई स्कुल सामग्री वितरण गरेको बैंकका शाखा प्रमुख विस्नु खतिवडाले बताए ।
कार्यक्रममा प्रमुख अतिथि सापकोटासहित पाँचथर हिलिहाङ ७ का कार्यवाहक वडा अध्यक्ष सुनमान तामाङ, उद्योग वाणिज्य संघका सचिव नवराज घिमीरे, समथिङ फाउन्डेसनका संरक्षक रामप्रकाश समथिङ, साविक सुभाङ गाउँविकास समितिका पूर्व अध्यक्ष ओमभक्त सेढाइ लगायतले माझी जातिका बालवालिकाले अध्ययन गर्दै आएको विद्यालयको लागि राज्यले छुट्टै ढंगबाट सहयोग गर्नुपर्ने बताए ।
माझि जातिका बालबालिका मात्र अध्ययनरत महादेव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाको लागि विशेष कार्यक्रमको संयाजन गरिनुपर्ने भन्दै सरोकारवालाहरुले जनजाति मध्यको लक्षित समुदायको रुपमा रहेको अल्पसंख्यक माझी जातिको पेशा व्यवसाय समेत धरासायी हुँदा दिनहुँ जसो उनीहरु विस्थापनको अवस्थामा रहेको बताए ।
खानेपानी विद्युतिकरण लगायत पूर्वाधारका कुनै पनि विकासका कार्यक्रम नपुगेको हिलिहाङ ७ भारपामा ३३ घर माझीको बसोबास छ ।
Comment Here!