महिला मानव अधिकार रक्षकले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


प्रकाशित मिति :2018-12-10 11:16:41

–महिला खबर–

ललितपुर । बलात्कार विरुद्ध सरकारको ध्यानाकर्षण गराउँदै महिला मानव अधिकार रक्षकहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजालले देशभर संचालन गरिरहेको बलात्कार विरुद्धको राष्ट्रिय अभियानका क्रममा महिला मानव अधिकार रक्षकहरूको काठमाडौ जिल्ला संजालले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।

काठमाडौ जिल्ला संजालमा आवद्ध महिला मानव अधिकार रक्षकहरूले पठाएको ध्यानाकर्षण पत्रमा दिनमा ४ भन्दा बढी बलात्कार, बलात्कारका प्रयास र बलात्कार पछि हत्या भईरहेको र निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा देश भर दवाव हुँदा पनि न्याय प्राप्तीमा कठिनाई भएको भन्दै, “लोकतान्त्रिक देशमा उक्त देशका जनतालाई न्याय प्राप्त गर्न यति कठिनाई हुनु भनेको लोकतान्त्रिक व्यवस्था कमजोर हुनु हो भन्ने हाम्रो ठम्याई छ” भनिएको छ ।

पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले दिनहुँ घटिरहेका बलात्कार लगायत महिला हिंसाका घटनालाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयले विशेष अभियान संचालन गरिरहेको र त्यसमा महिला मानव अधिकार रक्षकहरूसगँ पनि सहकार्य गरेर जान सकिने बताए । उनले ध्यानाकर्षण पत्र आज नै प्रधानमन्त्री कार्यालय पठाईने बताए ।

हेर्नुस् ध्यानाकर्षण पत्रमा उल्लेख १४ माग

– हालसम्म बाहिर आएका घटनाहरू विशेषतः कञ्चनपुरकी निर्मला पन्त, पोखराको १३ वर्षिया बालिकाको बलात्कार गरि हत्या, महोत्तरीकी ९ महिनाको बालिकाको अपहरण र हत्या, सप्तरीको ६ वर्षिया बालिका र २० वर्षिया किशोरीको बलात्कार, सिरहाको २० वर्षिया महिलाको बलात्कार, धनुषाकी २५ वर्षिया महिलाको बलात्कार, सिरहाकी ५५ वर्षिया कारीदेविको अपहरण पछिको हत्या लगायत उक्त कार्यलाई सघाउने सबै पीडकहरूको सत्य तथ्य उचित अनुसन्धानको माध्यमबाट अविलम्ब बाहिर ल्याई दोषीलाई हदैसम्मको कारवाही गरियोस् ।

– १८ वर्ष भन्दा कम उमेरका बलात्कार प्रभावित र पीडित बालिकाहरूको लागि सरकारी तहबाट उचित संरक्षण, मनोविमर्शका साथै शिक्षा, जीविकोपार्जनको अधिकारको सुनिश्चितता गर्दै सामाजिक पुन ः एकीकरणको व्यवस्था गरियोस् ।

– फौजदारी संहितामा रहेको बलात्कारका दोषीलाई विभिन्न उमेर समुहका आधारमा फरक फरक सजायको व्यवस्थाका प्रावधानहरू सम्सोधन गरियोस् ।

– बलात्कारीलाई सर्वस्वहरण सहित आजीवन कैदको व्यवस्था गरियोस् ।

– १८ वर्ष भन्दा कम उमेरका, अपांगता र चुनौतिपूर्ण मानसिक स्थिती भएका बालिका÷महिलाहरू बलात्कारको बढी जोखिममा रहेको देखिएकोले सरकारद्धारा यस्ता बालिका÷महिलाका लागि विशेष व्यवस्था सहित हिंसाको सम्बोधन गर्ने उचित संयन्त्रको विकास गरियोस् ।

– स्थानीय तहका टोलटोलदेखि सबै तहमा बलात्कार बिरुद्धको अभियान संचालन गरियोस् ।

– बलात्कारको प्रमुख कारणको रुपमा रहेको महिलालाई हेर्ने विभेदकारी परम्परालाई निर्मूल गर्न समुदायतहदेखि नै हानिकारक परम्परा विरुद्धको रणनीति बनाई कार्यान्वयनको व्यवस्था गरियोस् ।

– समुदायतहदेखि नै सकारात्मक शिक्षा पुरुषकै नेतृत्वमा सुरु गर्ने सरकारी तहबाट नै व्यवस्था गरियोस् ।

– सामुदायिक प्रहरीको व्यवस्था, टोलटोलमा सुरक्षाको संयन्त्र निर्माण गर्दै सुरक्षाको व्यवस्था निर्माण गरियोस् ।

– समुदायतहदेखि नै लागुपदार्थ दुब्र्यसन बिरुद्धको अभियान संचालन, दुब्र्यसनमा फँसेकाहरूको पुनःस्थापना र मनोविमर्शको व्यवस्था गरियोस् ।

– युवा, किशोर किशोरीहरूका लागी समुदायतहदेखि मनोविमर्श, यौन शिक्षा, व्यवसायीक परामर्शको व्यवस्था गरियोस् ।

– सरकारले व्यवस्था गरेको फास्टट्राक कोटको प्रभावकारी कार्यान्वयन गरियोस् ।

– बलात्कारका घटनामा रहेको हदम्याद ६ महिनाबाट बढाई १ वर्षको पु¥याईएको छ जुन स्वागत योग्य छ, तर यस्ता घटनाहरूमा हदम्यादको व्यवस्था खारेज गरि, प्रभावितले जहिले सहज महशुस गर्छ तव रिपोर्ट गर्न सक्ने व्यवस्था गरियोस् ।

– वर्तमानमा अभ्यासमा रहेको अनुसन्धान प्रोटोकलमा परिवर्तन गरी प्रभावितले न्याय प्राप्त गर्ने सुनिश्चितता सहितको अनुसन्धान प्रक्रियाको व्यवस्था गरियोस् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: