बलात्कृत बालिकाले देखाइन्, ‘यही हो बलात्कारी’


प्रकाशित मिति :2018-12-10 11:45:42

–महिला खबर–

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाकी ५ वर्षीया बालिका बलात्कार गर्ने व्यक्तिको पहिचान भएको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा देबदह नगरपालिका बडा नम्बर ७ का जीवन खत्रीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

गएको शुक्रबार बालिका बलात्कार गरेका खत्रीले घटना स्वीकार गरेपछि आइतबार इलाका प्रहरी कार्यालय रुपन्देहीले पत्रकार सम्मेलन घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दियो ।

खत्रीले घटनामा आफू एक्लैको संलग्नता रहेको बताएपछि अनुसन्धानका लागि पक्राउ परेका अन्य ५ जनालाई रिहा प्रहरीले गरेको छ । प्रहरीले घटना हुनासाथ ५ जनालाई नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले खत्रीलाई जबरवस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिएको जानकारी दिए ।

खत्रीले बालिका घरमा एक्लै खेलिरहेको अवस्थामा फकाएर देवदह वडा नम्बर ५ सिद्धार्थ कोलनीस्थित खुल्ला टहरोमा लगेर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पीडित बालिकाको अहिले लुम्बिनी अंञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बालिका खतरा मुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी गराएका छन् ।

बालिकाले नियन्त्रणमा लिएका ६ जनालाई देखाउँदा खत्रीलाई यही हो भनि देखाएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: