सीमान्तकृत महिलाका सवाल कानूनमा समेट्नुपर्ने


प्रकाशित मिति :2018-12-10 13:28:36

–महिला खबर–

ललितपुर । सीमान्तकृत महिलामाथि हुने हिंसा न्यूनिकरणको लागि सबै क्षेत्रका व्यक्तिहरु सचेत हुनुपर्ने यस क्षेत्रमा काम गर्ने व्यक्तिहरुले बताएका छन् ।

विविध समुदायका महिलाको सवालमा काम गर्ने ६ वटा संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरुले सीमान्तकृत महिलामाथि हुनसक्ने जोखिम पहिचान गरी सुरक्षाका लागि सम्बन्धित निकाय सचेत हुनुपर्ने बताएका थिए ।

त्यस्तै कानूनले पनि सीमान्तकृत समुदायका महिलाको सवाल सम्बोधन गर्नुपर्ने संकल्पका अध्यक्ष लिली थापाले बताइन् । कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक महिला, दलित महिल, मुस्लिम, आदिवासी जनजाती, एकल महिला पिछडिएका क्षेत्रका महिला लगायत माथि हुने हिंसाका कारक र न्यूनिकरणका उपायका विषयमा छलफल भएको मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले बताइन् ।

सो अवसरमा संसदको कानून न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेलले सीमान्तकृत समुदायका महिलाको सवाल कानूनमा समेट्ने गरि छलफल गर्न आफू तयार रहेको बताएका थिए । उनले सीमान्तकृत समुदायका महिलाका सवालमा काम गर्ने महिलाहरुलाई उनीहरुका विषय संसदको समितिलाई जानकारी गराउन समेत अनुरोध गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: