हिंसापीडित सेवा केन्द्र पुनः सञ्चालनमा


प्रकाशित मिति :2018-12-11 14:38:49

–लेखनाथ खतिवडा–

पाँचथर । पाँचथर सदरमुकाममा रहेको हिंसापीडित महिलाको सेवा केन्द्र पुनः सञ्चालनमा ल्याइएको छ । बजेट विनियोजन गर्ने तथा सञ्चालन गर्ने विषयमा अन्यौल सिर्जना भएपछि गत साउनदेखि बन्द भएको थियो ।

जिल्ला तहमा रहेका कार्यालय स्थानीय तहमा मर्ज हुँदै गएपछि विगतमा महिला तथा बालबालिका कार्यालयको सहयोगमा सञ्चालन हुँदै आएको सेवा केन्द्र गत साउनदेखि बन्द थियो ।

जिल्लास्थित महिला तथा बालबालिका कार्यालय फिदिम नगरपालिकामा मर्ज हुने भनिए पनि नगरपालिकाले उक्त कार्यालयको सहयोगमा सञ्चालित सेवा केन्द्र सञ्चालनमा चासो नदेखाउँदा हिंसा पीडित महिलाहरूले आश्रय पाउन सकेका थिएनन् ।

‘महिला तथा बालबालिका कार्यालयको प्रवर्धनमा लब्रेकुटी महिला सहकारी संस्थाले सेवा केन्द्र सञ्चालन गर्दै आएको थियो । तर, नगरपालिकाले बजेट छुट्टयाउनुपर्ने भएपछि सहकारीले सञ्चालन गर्न नमिल्ने कारण देखाइयो र सेवा केन्द्र बन्द भएको थियो’ विगतमा महिला तथा बालबालिका कार्यालयकी प्रमुख रहेकी निर्मला दाहालले भनिन् “तर, अव सेवा केन्द्र सुचारु भइसकेको छ ।’

तर, पछिल्लो पटक सेवा केन्द्र सञ्चालनका लागि नगरपालिकामा ७ लाख रुपैँया ससर्त अनुदान बजेट प्राप्त भएपछि सेवा केन्द्र सञ्चालनमा ल्याइएको फिदिम नगरपालिकाकी महिला विकास अधिकृत निर्मला दाहालले जानकारी दिइन् ।

उक्त ससर्त अनुदानमा नगरपालिकाले समेत ५ लाख रुपैँया बजेट थपिदिएपछि केन्द्र सञ्चालनमा ल्याइएको दाहालको भनाइ छ । नगरपालिकाले चालु आर्थिक वर्षमा सेवा केन्द्र सञ्चालन गर्ने जिम्मा संयुक्त महिला अधिकार समन्वय सञ्जाल पाँचथरलाई दिएको दाहालले जानकारी दिइन् । सेवा केन्द्र सञ्जालकै भवनमा सञ्चालन हुने भएको छ ।

तत्काललाई तीन जनासम्म हिंसा पीडित महिलाहरूलाई राखेर सेवा दिने प्रवन्ध मिलाइएको महिला विकास अधिकृत दाहालले बताइन् ।

विशेषतः घरेलु हिंसा, हाडनाता करणी जस्ता घरभित्रका आफन्तबाट पीडित महिलाहरूलाई अस्थायी आश्रयस्थलको रुपमा राख्न, कानूनी उपचार र मुद्दा मामिला प्रकृयामा सहयोग पु¥याउन सेवा केन्द्र प्रभावकारी थियो । केन्द्रमा बढीमा ४५ दिनसम्म हिंसामा परेका महिलाहरूलाई सेवा दिइन्छ ।

चालु आर्थिक वर्षमा सेवा केन्द्र बन्द हुँदा आफन्तबाटै पीडित भएका महिलाहरूले पीडक पक्षबाटै अनावाश्यक दबाव भोग्नु परेको, होटलमा बस्नु परेको, उचित परामर्श सेवा नपाएको गुनासो अधिकारकर्मीहरूले गर्दै आएका थिए । सेवा केन्द्रमा अस्थायी रुपमा आश्रय नपाउँदा आफन्त र पीडक पक्षबाटै पीडितले दबाव भोग्नु परेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: