पाँचतारे होटलमा छाउगोठ


प्रकाशित मिति :2018-12-11 16:26:07

–महिला खबर–

ललितपुर । काठमाडौंको दरबार मार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा छाउगोठ राखिएको छ ।

नेपालको सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाहरूमा महिलाहरू महिनावारी भएका बेला बस्ने अवैज्ञानिक गोठहरू यस्ता हुन्छन् भन्ने देखाउनका लागि याक एण्ड यतिमा छाउगोठ राखिएको हो ।

नेपालमै पहिलो पटक आयोजना गरिएको ‘महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन’ का अवसरमा आज होटलको दोस्रो तलामा राखिएको छाउगोठ कार्यक्रमको प्रमुख आकर्षण थियो ।

राम्ररी खुट्टा तानेर एक जना महिला समेत सुत्न नमिल्ने गरी बनाइएको कच्ची टहरो हेर्ने र फोटो खिच्नेको निकै घुइँचो थियो ।

छाउ प्रथा विरुद्ध काम गर्दै आइरहेकी अछामकी अभियन्ता पशुपती कुँवर हात टेकेर नमूना गोठभित्र पसिन् र गोठ भित्रैबाट भनिन्, ‘दशक अघिसम्म महिनावारी भएका बेला हरेक महिनामा सात दिन यस्तै गोठमा बस्दाको झल्को आयो ।’

अभियन्ता पशुपती कुँवर नमूना छाउगोठ अगाडि फोटो खिच्दै ।

एकछिन साथीसँग गोठभित्रै बसेर कुरा गर्दै उनले यस्तै गोठमा दूधे सन्तानसँगै एकसरो लुगाका साथ सुत्ने महिलाहरूले चिसोका कारण सन्तान गुमाएका घटना सुनाइन् ।

अछाममै जन्मिए हुर्किएका तेस्रोलिंगी पुरुष भक्ति शाहले भने, ‘अछामका हाम्रा आमा दिदीबहिनीहरू अहिले पनि यस्तै गोठमा रात कटाउन बाध्य छन् ।’ उनले अब यस्ता छाउगोठहरू संग्रहालय बाहेक अन्त देख्न नपाए हुन्थ्यो भन्ने कामना गरे ।

तेस्रोलिंगी पुरुष भक्ति शाह छाउ गोठ भित्र ।

सम्मेलन नेपाल सरकार र महिनावारी स्वास्थ्य र सरसफाइ व्यवस्थापनका क्षेत्रमा काम गर्ने संस्थाहरूको सञ्जाल (एमएचएम अलाइन्स) को आयोजनामा भएको हो ।

सम्मेलनमा महिनावारीका बेला अपनाउनु पर्ने सरसफाई, त्यस सम्बन्धी राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय अभ्यासका बारेमा छलफल भएको सञ्जालका संयोजक गुणराज श्रेष्ठले जानकारी दिए ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत महिनावारी प्रथा विरुद्ध कार्यरत संघ संस्थाका प्रतिनिधि, अभियन्ता, किशोर किशोरीहरूको उपस्थिती रहेको छ ।

Image may contain: 2 people

Image may contain: 2 people, including Bandanaa Rana

Image may contain: 2 people

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: