–महिला खबर–
ललितपुर । अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरूले आफूले भोगेका लैंगिक हिंसा अरुलाई सुनाएका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको उपलक्ष्यमा संकल्प नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘महिलामाथि हुने हिंसाका विरुद्धमा नसुनिएका कथाहरू’ विषयक कार्यक्रममा महिलाहरूले आफ्ना कथा सुनाएका हुन् ।
कार्यक्रमको सहजीकरण संकल्प सञ्जालकी अध्यक्ष लिली थापाले गरेकी थिइन् ।

dav
कार्यक्रममा अधिकारकर्मी तथा लेखक डा. अर्चना थापाले हिंसा भनेको केहो भन्ने कुरा नै सबैले थाहा नपाएका कारण हिंसा हुने गरेको बताइन् ।
लैंगिक हिंसा विरुद्ध सहयोग संयन्त्रको व्यवस्था भएमा आफूमाथि भएका हिंसाका सम्बन्धमा महिलाहरू खुलेर बाहिर आउन सक्ने उनले बताइन् ।
कार्यक्रममा रश्मिला प्रजापतिले आफूले भोगेको हिंसा बाहिर ल्याउँदा झेल्नुपरेका समस्या र चुनौती बारे सुनाइन् ।
अधिकारकर्मी गीता न्यौपाने, सरिता श्रेष्ठ, निर्मला ढुङ्गाना, शोभा विसी लगायत अन्य केही व्यक्तित्वहरूले आफूमाथि तथा आफ्ना नजिकका आफन्तहरूमाथि भएका लैङ्गिक तथा यौनजन्य हिंसाका बारेमा बताए ।
कार्यक्रममा सहभागी महिलाहरूले लैंगिक हिंसा विरुद्ध गरेका निर्णय,
– हरेक महिनाको अन्तिम शुक्रबार हिंसालाई मात्र जोड दिएर छलफल चलाउने । पहिलो छलफल संकल्पबाटै शुरु गरेर क्रमैसंग अन्य संस्थाहरूले पनि आयोजना गरी निरन्तरता दिने ।
मीटु अभियान क्याम्पेन भनेर संकल्पले एउटा पेज सिर्जना गरेको छ । त्यसमा सबै संघसंस्था तथा व्यक्तिहरूको पहुँच बढाउने ।
– सामाजिक सञ्जालहरूबाट व्यापक हिंसा हुने कारण हिंसा कम गर्न एउटा एप्स बनाएर सक्रिय बनाउने ।
– हरेक महिनाको अन्तिम शुक्रबार लैङ्गिक तथा यौनजन्य हिंसाका सम्बन्धमा चलाउने छलफलमा आफूमाथि भएका हिंसाका सम्बन्धमा बताइसकेपछि त्यसपछिको कानुनी प्रक्रिया तथा समस्या समाधानका उपायहरूका सम्बन्धमा सहयोग जुटाउन एउटा कानुन विज्ञ राख्ने ।
– हिंसा प्रभावितहरूलाई आवश्यक परेको खण्डमा मनोपरामर्शको उपचारको सहायता जुटाउने ।
Comment Here!