बालक अपहरण गरेको आरोपमा तीन पक्राउ


प्रकाशित मिति :2018-12-12 11:57:07

–महिला खबर–

झापा । अपहरण तथा शरीर बन्धक आरोपमा मंगलबार झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सिमावर्ती बिहार सुपौल जिल्ला किसनपुर थाना बस्ने मोहम्मद सद्धामका ७ वर्षीय छोरा मैफुज आलमलाई अपहरण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरको हो। पक्राउ पर्नेमा गौरीगञ्ज वडा नम्बर ६ का बद्री यादव, ४ का विटु गुह्री र उनकी श्रीमती अन्जु मुखिया रहेका छन् ।

मंसिर २० गते घर छेउमा खेल्दैै गरेको अवस्थामा चकलेट दिएर आलमलाई मोटरसाइकलमा चढाई नेपालतिर ल्याइएको भारतीय प्रहरी स्रोतले बताएको छ।

प्रहरी स्रोतका अनुसार ती बालकलाई बिछु गुह्रीको घरमा दुई दिनदेखि बन्धक राखिएको पाइएको छ । भारतीय प्रहरीले जनाए अनुसार त्यसपछि ती बालकलाई दमकस्थित देउराली होटलको कोठा नं १०७ मा बन्धक बनाई १५ लाख भारतीय रूपैयाँ फिरौती मागेको बताइएको छ।

अपहरणमा परेका मैफुज आलमलाई नेपाल प्रहरीले उद्धार गरी दमक प्रहरीमा राखेको छ। पक्राउ परेका बद्री यादव र विटु गुह्रीलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा र अन्जु मुखियालाई दमक प्रहरीले अनुसन्धानका लागि थुनामा राखेको नेपाल प्रहरीले जनाएको छ।

यता, भारतीय प्रहरीले आलमलाई अपहरण गरेको आरोपमा तीन जना भारतीयलाई समेत पक्राउ गरेको जनाएको छ। भारतीय नागरिकसंग मिलेर मैफुज आलमको अपहरणमा तीन नेपालीसहित ६ जनालाई दुवै देशका प्रहरीले पक्राउ गरेको हो।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: