ख्याउँची …


प्रकाशित मिति :2018-12-16 12:44:44

बाबै ….
बिलाई जाने समयको आँगनमा
भनभनि भन्किरहन्छन् हरिया झिंगाहरु
त्यसैले त झरी आउँछ
झरी आउँनु अगावै
कमिलाहरु बँसाई सर्छन्
हो तैले नि बँसाई सर्नुपर्छ एकदिन
जब ख्याँउचीलाई आमाले यसो भनिन्
तबदेखि लागेको छ उसलाई ।

हरिमाया भेटवाल

भाते कसौडीमा भात पाक्छ कि मन !
किटे कराईमा तरकारी ओइरिन्छ कि प्रेम !
ढुङ्गे सिलौटोमा अचार पिनिन्छ कि आरोप !
काँचे गीलासमा पानी भरिन्छ कि आँसु !
सयौं पल्ट पखालेर पनि जुठो भैरहने
भाँडाकुँडा हुन् कि छोरी !
जति पटक रेति लगाउँदा पनि
भुत्ते भैरहने चुलेंसी हो कि यो समाज !
विहान सखारै उठने
आमा हुन् कि घाम !
भित्र भित्रै जमिरहने
बा हुन् कि कुवा !
रातभरि सेताम्मे फुल्ने
पारिजात हो कि सपना !

ख्याउँची दोधारमै हुन्छे कहिलेकाहीँ
रामायणमा, महाभारतमा अनि स्वस्थानीमा झै
किन बन्छी थाप्छन् अझै मान्छेहरु उसलाई
मस्तिष्कलाई भान्साको प्रयोगशालामा
आँखाहरुलाई सुन पसलमा
आवाजलाई दोहिरी साँझमा
कम्मरलाई डान्सवारमा
सिङ्गो शरीरलाई होर्डिंङ बोर्डमा झुन्डयाएर
खोलाले किनारा छोडे झै
किन छोडिजान्छ यो समय उसलाई
जब कि ख्याँउचीलाई
धाजा फाटेको खेतमा
हलो चलाउँन मन छ
कुलो लगाउँन मन छ
बाँउसे गर्न मन छ
र उन्नत जातको अन्न उब्जाउँन मन छ
त्यसैले त जीवनकै चेकपोष्टमा उँभिएर
सर्पले भ्यागुत्ता निले झै
खर्लप्पै निल्न मन छ
रुढीबादी सोचका जम्मै सस्तावेजहरु
र भन्न मन छ आमालाई
आमा हामी पनि अब मान्छे भयौ …
हो आमा हामी पनि साँच्चै अब मान्छे भयौ ।

–मिति २०७३ फाल्गुण २० गते

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: