महिला बेचबिखनमा संलग्न दुई पक्राउ


प्रकाशित मिति :2018-12-18 11:24:13

–महिला खबर–

नवलपरासी । महिला बेचबिखनमा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको छ ।

महिला बेचबिखनको आरोपमा नवलपरासी पूर्वको गैडाकोट नगरपालिका १७ बस्ने निसा बोटे र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ६ बस्ने जिवन बिकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ गरिएका दुवै जनामाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्ष वीरेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका १ को सीमा महेशपुरबाट माईती नेपालको सहयोगमा दुई महिलाको उद्धार गरिएको छ ।

उनीहरुले दिएको जाहेरीको आधारमा बोटे र बिकलाई पक्राउ गरिएको हो ।

उनीहरुले ती महिलालाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन पारेर भारतमा बेचबिखनका लागि लैजान लागेका बेला माईती नेपालको टोलीले उद्धार गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: