विद्यार्थीलाई अभिभावक र विद्यालयको रुचीअनुसार पढिदिनु पर्ने बाध्यताः प्रधानमन्त्री


प्रकाशित मिति :2018-12-20 16:57:56

-महिला खबर-

लतिलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीति अनुरुप कै नीति तय गर्नुपर्ने बताएका छन् ।

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीय तहलाई पनि दिइएको छ तर यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नु पर्दछ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालयबाहिर रहेको बताउँदै उनीहरुलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताए । “यस वर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु ग¥यौं” उनले भने “आगामी वर्षभित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालयबाहिर हुदैनन् ।”

नेपालीहरु विद्ध्वान पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुचीअनुसारको अध्ययन गर्ने अवसर नपाउँदा पछि परेको बताए ।

अभिभावक र विद्यालयको रुचीअनुसार पढिदिनु पर्दा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रष्फुरण गर्न नसकेको ओलीको भनाइ छ । “महंगो शुल्क लिएर पढाइरहेका निजी विद्यालयहरुलाई पनि म भन्न चाहन्छु पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस” प्रधानमन्त्री ओलीले भने “विद्यार्थीको रुचीअनुसारको विषय तपाईंको विद्यालयमा पढाइ हुदैन भने उनीहरुलाई विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस ।”

नेपाललाई विकासमा नेतृत्व गर्न सक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषयहरु छनौट गरेर पठन पाठन हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: