आमाहरूको योमरी (तस्वीरसहित)


प्रकाशित मिति :2018-12-21 12:48:03

–महिला खबर–

ललितपुर । भोलि शनिबार योमरी पूर्णिमा । नेवारी समूदायले योमरी पुन्हि नामले यो पर्व मनाउँछन् । विशेष गरी नयाँ बालि भित्र्याएपछि नेवारी समूदायले यो पर्व मनाउँछन् ।

लिच्छवीकालसँग सम्बन्ध जोडिएको यो पर्वमा नेवारी समुदायले विशेष परिकारको रुपमा योमरी बनाउँछन् । आफ्ना इष्ट देवलाई प्रसादको रुपमा योमरी चढाउँछन् । आफन्त साथीभाइसँग पनि बाँडेर योमरी खाने गर्छन् ।

समुदायभित्रको साँस्कृतिक महत्व रहेको योमरीलाई व्यवसायीक बनाउन उपत्यकाका महिलाहरु लागेका छन् । सार्क विजनेश एशोसियसन अफ होम बेस्ड वर्कर (सवा) को सहयोगमा उपत्यकाका नेवारी समूदायका महिलाहरुले शनिबारको लागि मात्रै १८ हजार वटा योमरी बनाउँदैछन् ।

सवाका प्रमुख कार्यकारी अधिकृत रविनमान अमात्यका अनुसार २ सय ५० जना भन्दा बढि महिलाहरु शनिबारको लागि योमरी बनाउन खटिँदैछन् । उपत्यकाका विभिन्न सात ठाउँबाट ती याेमरी बिक्री हुनेछन् ।

शनिबारको तयारीको खोकनाको भिलेज क्याफेमा योमरी बनाउन खटिएका महिलाहरुको केही तस्वीर महिला खबरले खिचेको छ । हेर्नुस् तस्वीर

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: