सञ्चारिका समूह रुपन्देहीमा निरु


प्रकाशित मिति :2018-12-21 15:04:44

-महिला खबर-

ललितपुर । सञ्चारिका समूह रुपन्देही जिल्ला शाखाको अध्यक्षमा निरु गौतम चयन भएकी छिन् । वनबाटिकामा सम्पन्न तेस्रो अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि राष्ट्रिय समाचार समितिमा कार्यरत गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

समूहको उपाध्यक्षमा सगरमाथा टेलिभिजनका बुटवल संवाददाता मिना ढकाल, महासचिवमा रेडियो मुक्तिका सदस्य बिन्दु थापा चयन भएका छन् । त्यसैगरी सचिवमा लुम्बिनी टेलिभिजनमा कार्यरत अस्मिना पाण्डे र कोषाध्यक्षमा दैनिक पत्रका लेखक कान्ति चुँदाली चयन भएका छिन् ।

सदस्यहरुमा रेडियो लुम्बिनीका शारदा शाही, लेखक इन्दिरा भण्डारी, बुद्ध टेलिभिजनका सञ्जु पौडेल, रेडियो रिपब्लिकमा कार्यरत छायाँ पन्थ, रेडियो नमस्तेका फुलु सुनार, न्युज ट्वान्टिफोर टेलिभजनका संवाददाता सरिना मरासिनी, रेडियो सैनामैनाका अम्बिका परियार र दैनिक पत्रमा कार्यरत पुजा पन्थी चयन भएका निर्वाचन समितिका संयोजक रेखा भुसालले जानकारी दिइन् ।

अधिवेशनको प्रदेश ५ का उपसभामुख कृष्णीकुमारी थारुले उद्घाटन गर्दै रुपन्देहीमा पत्रकार महिलाको भूमिका अनुकरणीय रहेको बताइन् । उनले महिला सशक्तिकरण र अधिकारका लागि सञ्चारकर्मीहरुको भूमिका विशेष हुने पनि उल्लेख गरिन् ।

कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष बालकृष्ण चापागाईंले दशकको अन्तरालमा रुपन्देहीका सञ्चार क्षेत्रमा महिलाहरुको क्रियाशिलता बढेको भन्दै यसलाई टिकाइराख्न आवश्यक रहेको बताए ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले जिल्लामा महिला सहभागिता र सक्रियता प्रशंसनीय रहेको भन्दै थप क्षमता र विकास र सहयोगका लागि महासंघ तयार रहेको जनाए ।

कार्यक्रममा ३ जना अग्रज पत्रकार महिलाहरुलाई नगद र सम्मानपत्रबाट सम्मान गरिएको थियो । रुपन्देहीमा पत्रकार महिलाको शसक्तिकरणमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै सञ्चारिका सम्मान २०७३ बाट अग्रज पत्रकार दुर्गा पौडेल, २०७४ बाट अग्रज पत्रकार माया गौतम र २०७५ बाट अग्रज पत्रकार इन्दिरा अर्याललाइ सम्मानपत्र र नगद पाँच÷पाँच हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: