घरेलु तथा यौन हिंसा सम्बन्धी मुद्दाको अध्ययन प्रतिवेदन सार्वजनिक


प्रकाशित मिति :2018-12-23 12:03:02

–महिला खबर–

ललितपुर । घरेलु तथा यौन हिंसा सम्बन्धी जिल्ला अदालतमा परेका मुद्दाबारे अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

महिला, विकास र कानून मञ्चले नवलपरासी, ललितपुर, बाँके, मकवानपुर, मोरङ जिल्ला अदालतमा फागुन महिनादेखि साउनसम्म परेका घरेलु तथा यौन हिंसा सम्बन्धी परेका मुद्दाबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेकोे हो ।

मञ्चले शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको प्रतिवेदनमा ६ महिनाको अवधिमा ती जिल्ला अदालतमा सो विषयसँग सम्बन्धित ४० मुद्दा परेका थिए ।

कार्यक्रममा न्यायाधीस सपना मल्ल प्रधानले भनिन्, ‘घरेलु तथा यौन हिंसा विरूद्धको कानून पीडितमैत्री छन्, पर्याप्त भने होइन । तर पीडितलाई न्याय दिलाउन कानूनका आधारमा अभ्यास गर्ने ठाउँ भने प्रशस्त छन् ।’

त्यस अवधिमा सबैभन्दा बढी नवलपरासी जिल्ला अदालतमा उक्त विषयका १० मुद्दा परे । यस्तै बाँकेमा सात, मकवानपुरमा सात, ललितपुर जिल्ला अदालतमा सात र मोरङ जिल्ला अदालतमा नौ मुद्दा परेका छन् ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले पीडितको मुद्दा फैसला हुने र न्याय पाउने क्रम विगतमा भन्दा छिटो भए पनि पीडितले क्षतिपूर्ति पाउने सम्भावना भने अझै न्यून देखिएको बताए ।

उनले अध्ययनका आधारमा हेर्दा उक्त विषयसँग सम्बन्धित उजुरी प्रहरीमा लिएर जाँदा प्रहरीले घटना भएको हो कि होइन भनेर मात्र अध्ययन गर्ने, यदि हो रहेछ भने पीडकको सम्पती, आय स्रोतको बारेमा अध्ययन गर्ने अभ्यास नहुँदा अदालतले पीडितको पक्षमा क्षतिपूर्तिसहित फैसला गरे पनि पीडकले क्षतिपूर्ति दिने ग्यारेन्टी भने नभएको बताए ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सह–सचिव फणिन्द्र गौतमले संविधान अनुसार कानून निर्माणको क्रम अझै जारी छ भन्दै न्यायको क्षेत्रमा महत्वपूर्ण पक्ष कानूनी सहायतालाई परियोजनाको रूपमा नभई दिगो सेवाका रूपमा विस्तार गर्नुपर्ने बताए ।

त्यसैगरी कानून, न्याय मानवअधिकार समितिका सभापति विश्वभक्त पोखरेलले घरेलु तथा यौन हिंसा विरूद्धको नयाँ कानूनमा क्षतिपुर्ति पाउने हक उल्लेख गरेको बताए ।

पीडकको तर्फबाट क्षतिपूर्ति पाउन सक्ने अवस्था नभए पनि नयाँ कानूनमा पीडितका लागि पीडित सहायता कोष बनाउने कुरा उल्लेख भएको बताए । तर पीडित कोष बनिसकेको अवस्था भने नरहेको उनको भनाइ छ ।

मञ्चका अध्यक्ष अधिवक्ता मिरा ढुङ्गानाले अध्ययनका लागि जाँदा पीडितलाई नै विभिन्न सुरक्षित आवासमा राख्ने गरेको पाइएको बताउँदै पीडितलाई नभई पीडकलाई त्यस्ता आवासमा राखेर हिंसा नगर्न परामर्स दिने उपचारकै आवश्यकता भए र उपचार गर्ने अभ्यास भए हिंसामा न्युनीकरण हुने विचार व्यक्त गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: