बाल विवाह विरुद्ध किशोरी भलिबल प्रतियोगिता


प्रकाशित मिति :2018-12-23 12:20:34

-नबीन अधिकारी-

सिन्धुली, ६ पौष । बाल विवाह न्युनीकरण्का लागि सिन्धुलीमाढीमा किशोरी भलिवल प्रतियोगिता गरिएको छ । “तपाई हाम्रो एउटै शन्देश, बाल विवाह मुक्त हाम्रो प्रदेश” भन्ने मुल नाराका साथ आज प्रतियोगिता सम्पन्न भएको छ ।

सिन्धुलीमाढीको खम्बे चौरमा भएको प्रतियोगितामा १४ समूहले सहभागिता जनाएका थिए । प्रतियोगिता समूह मध्ये सबैलाई पछि पार्दै शंखरेश्वर माध्यामिक विद्यालय जखनी प्रतियोगिताको बिजेता बनेको छ ।

प्रतियोगितामा कमला माध्यामिक विद्यालय ढुङग्रेबासलाई २५–१८, २६–२५ को सेटमा पछि पादै जखनी पहिलो भएको हो ।

प्रतियोगितामा पहिलो भएसंगै जखनीले २५ हजार नगदसहित शिल्ड मेडल र प्रमाण पत्र पाएको छ भने दोस्रो भएको कमला माध्यामिक विद्यालय ढुङग्रेबासले १५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाउदा शिद्धस्थली आवासीय माध्यामिक विद्यालय माढिबजारले तेस्रो स्थानमा चित्त बुझाउँदै नगद ७ हजार ५ सयसहित शिल्ड मेडल र प्रमाण पत्र पाएको छ ।

प्रतियोगिताका बिजेता तथा उपबिजेताहरुलाई कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले पुरस्कार प्रदान गरे ।

सिन्धुली जिल्लालाई बालविबाह मुक्त जिल्ला बनाउन किशोरीहरुलाई भलिवल प्रतियोगितामा सहभागि गराईएको आयोजकले जनाएको छ ।

प्लान इन्टरनेश्नल नेपालको साझेदारीमा सञ्चालित बालबालिका तथा किशोरी अधिकार प्रवद्र्धन तथा सामुदायिक खानेपानी योजना अन्तरगत किशोरी भलिवल प्रतियोगिता सञ्चालन भएको हो ।

कमलामाई नगरपालीका, जिल्ला खेलकुद विकास समिति र परिवर्तन जागरण क्लवको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: