प्रश्न प्रतिपक्ष र सरकारलाई


प्रकाशित मिति :2018-12-24 12:52:02

रगतको ढिक्का जोगाएर हुर्काउन कति सजिलो छ
गर्भमा आमालाई
उत्तिकै सजिलो छ, बाको जिम्मेवारी मान्दै आफ्ना सपना मेटी
सन्तान बैशाखी बनाउनलाई
उनीहरू त भरोसा थिए
अधेरीका दीप थिए
बुढेसकालका सहारा थिए
सम्पूर्ण खुसीका कारण थिए
दुखमा पनि हौसला र जाँगर थिए,
अनि पो,
कोदो र सिस्नोले पेट भरेरै पनि
दाङ्गसम्म सन्तान पुर्याएका थिए भविश्य बनाउन ।

विपना योगी “जीवन“

सरकार मौन छ ।
ती जनताका छोराछोरी न हुन
सडक त भोट माग्ने चारो पो हो
त्यो मृत्युलोक भए पनि के भो चुनावमा गाडी
पुगे कै हो,
भन्दै होलान् धन हामी त्यो बेला …. ।

हार्दिक श्रद्धाञ्जली !
कति छिटो ?
उफ……..
बाँच्ने घाइतेको उपचार सिघ्र होस्
प्रवाह छैन
कस्ले लिन्छ जिम्मेवारी
कस्ले भर्छ त्यो कोख
कस्ले तिर्छ त्यो क्षति
कसले उभ्याउने ती लालाबाला
कस्ले बुझ्न् सक्छ, बिहेको सात दिनमै उजाडिएको सिउँदोको रोदन ?

यहाँ त मानवीय क्षती भएको छ
र पनि
नेपाल त्यति धनी छ,
जहाँ मानवीय क्षतिको मुल्य तोक्न सक्छ हेनुहोस् है
खबरदार ! लासको मोल नतोक्दा हुन्छ सरकार
किन सस्तो लोकप्रियता ? बेकार
सक्छौ फेर ती मृतुलोकका आकार
आखिर जिम्मेवार त तिमी बन्नुपर्छ
कहालीलाग्दो दुर्घटनाका सडक डिजाइनर,
हामी हौं भन्दै सिङ्गो चिलगाडी नै आफ्नो लागि उडाउने
भिआपी कक्षका पाहुनाहरू,
के सोच्दै छौ मध्य र सुदुरका परलोक मार्गबारे ?
यो प्रश्न छ, प्रतिपक्ष र सरकारलाई
हार्दिक श्रद्धाञ्जली भन्न सजिलो छ अरुलाई
सोच रगतको ढिक्का जोगाएर हुर्काउन कति सजिलो छ गर्भमा आमालाई ??

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: