महिलाको सहकारीमा पुरुष आरक्षण


प्रकाशित मिति :2018-12-26 16:26:49

–महिला खबर–

चितवन । चितवनको नारायणगढका महिलाहरुले मात्रै चलाएको एक सहकारीले पुरुषलाई आरक्षण दिएको छ ।  पुल्चोक बचत तथा ऋण सहकारी संस्थाले पुरुषलाई शेयर सदस्यको रुपमा मात्रै आरक्षण दिएको हो । सहकारीको सञ्चालक समितिमा भने महिला मात्रै छन् ।

अहिले ५ सय ७३ जना शेयर सदस्य रहेको सहकारीमा १ सय ४१ जना पुरुष शेयर सदस्य छन् । महिलाहरुको नेतृत्वमा सञ्चालित सहकारीमा पुरुषहरुलाई पनि सहभागी गराउँदा समावेशीता पनि देखिने भएकोले शेयर सदस्य पुरुष राखेको संस्थाकी अध्यक्ष सावित्री पौडेलले बताइन् ।

उक्त संस्थाले केही दिन अघि मात्रै साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । साधारण सभामा जानकारी दिइएअनुसार संस्थाको कोषाध्यक्ष अनु भट्टराईले ३ करोड ४९ लाख ३० हजार बराबरको आर्थिक कारोबारको प्रतिवेदन पेश गरेकी थिइन् ।

सहकारी १ सय रुपैयाँ बचत गरी २०७० सालमा ३१ जनाबाट सुरुआत भएको थियो । जसमा नारायणगढमा व्यवसाय गरी बस्ने महिलाहरु आवद्ध छन् ।

केही दिन अघि सम्पन्न तेस्रो अधिवेशनले संस्थाको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । जसको अध्यक्षमा आरती पन्त छिन् । ११ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा मेनका चापागाई काप्री, सचिवमा अनु भट्टराई गौतम, कोषाध्यक्षमा रुमी श्रेष्ठ रहेका छन् । यस्तै सदस्यहरुमा रेनु श्रेष्ठ, मिना श्रेष्ठ, गीता देवी पौडेल, गीता सापकोटा, सुधा रायमाझी, राजकुमारी शर्मा र सुजिता पन्त छन् ।

अधिवेशनले ३ सदस्यीय लेखा समिति पनि चयन गरेको थियो । जसको संयोजकमा सुनिता धिताल र सदस्यमा लक्ष्मी पन्त र कल्पना पाण्डे विसी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: