बुवा पक्राउ परेपछि आमाले छोडिन्, तीन भाइबहिनी सहाराविहीन


प्रकाशित मिति :2018-12-28 11:55:06

–प्रकाश सिंह–

बाजुरा । बुवा ज्यान ज्यान मार्ने उद्योगमा पक्राउ परेको वर्ष दिनमा आछाले छोडेर गएपछि तीन नाबालक भाइबहिनी अलपत्र परेका छन् । बुवा गणेशराज गिरीलाई प्रहरीले पक्राउ गरेको वर्ष दिनमा आमा कोकिला गिरी छोराछोरी छोडेर माइत बस्न थालेपछि तीन भाइबहिनी अलपत्र परेका हुन् ।

त्रिबेणी नगरपालिका वडा नम्बर ८ कालापानीका १० वर्षका दिपेन्द्र गिरी, ८ वर्षकी संगिता गिरी र ६ वर्षकी सरिता गिरी सहाराविहीन अवस्थामा छन् । उनीहरु गाउँबाट स्थिापित भएर सदरमुकाम मार्तडीमा हजुरआमा ५१ वर्षकी गंगादेबी गिरीसँग बस्दै आएका छन् ।

नाबालका बुवा गणेशराज गिरी आफ्नै नातेदारको हत्याको आरोपमा १५ महिनादेखि थुनामा छन् । गाउँमा अर्को पक्षले धम्काएपछि ज्यान जोगाउन आफू पनि गाउँ छोडेर सदरमुकाम आएको गंगाले बताईन् ।

यो घटनासँगै नाबालकसहित ७ जनाले गाउँ छोडेको भन्दै गंगाले भनिन्, ‘अरु सहारा दिने कोही छैन् । मागेर, दिनभरी भारी बोकेर नातिनातीनालाई एक छाक खाना खुवाइरहेकी छु ।’ केही महिना त जिल्ला कारागारमा रहेका कैदीले पाउने रकमबाट नाबालक नातिनातीनालाई चामल किनेर दिएको गंगाले बताईन् ।

‘बिहान बेलुकाको छाक टार्नै धौ धौ छ । विद्यालय पठाउने त परको कुरा हो’ गंगाले भनिन्, ‘मार्तडीमा रहेको जिल्ला कारागार नजिकै एउटा छाप्रोमा १ हजार रुपैया भाडा तिरेर बस्दै आएका छौँ । आफै सहराविहीन भएँ । शरीरमा शक्ति छैन । यिनीहरुको बिजोग भो बाबु ।’ गाउँमा डर त्रासले जान नसक्ने उनले बताइन् ।

हत्या आरोपमा गणेशराज गिरी, उनका भाई योगेन्द्र गिरी, दिनेश गिरी र उनका बुवा गोरखराज गिरी कारागारमा छन् ।

२०७४ साल असोज २८ गते छिमेकी भाइ नाता पर्ने नवराज गिरी र अर्जुन गिरीको खुँडा प्रहार गरेर हत्या गरेको आरोपमा एउटै परिवारका चार बाबु छोरा पुर्पक्षका लागि कारागार रहेका छन् । उनीहरु कारागार गएपछि उनको परिवार बिच्चलीमा परेको हो ।

घटनापछि कारागार चलान भएकाका परिवार गाउँबाट विस्थापित भएको थाहा पाएपछि राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशको टोली अनुगमनमा बाजुरा पुगेको थियो ।

अनुगमनमा आएका आयोगका प्रदेश प्रमुख झंकर रावलले घटनापछि गाउँमा डर त्रासले अरु परिवार विस्थापित भएको र तीन जना नाबालकको अवस्था निकै बिजोग रहेको बताए ।

तीनै नाबालकको राज्यले व्यवस्था गर्नुपर्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले उनीहरुलाई पुनस्र्थापना गर्नका लागि पहल गरेको र उनीहरु नै गाउँ जान नमानेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: