साबित्रीले भनिन्, ‘महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’


प्रकाशित मिति :2018-12-30 16:58:44

–महिला खबर–

मकवानपुर । अभियन्ता साबित्री सुवेदीले लैंगिक हिंसा न्यूनीकरणमा युवाको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

खास गरेर युवा पुरुषले महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक बनाएको खण्डमा महिलामाथि हुने हिंसा कम हुने पनि उनले बताइन् ।

नेपाल परिवार दलले आज हेटौडामा आयोजना गरेको ‘बलात्कार न्यूनीकरणमा युवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अभियन्ता सुवेदीले भनिन्, ‘समाज परिवर्तनको जिम्मा युवाको हो । बलात्कार भइरहने समाज सभ्य हुन सक्दैन । आउनुस्, तपाईं हामी मिलेर बलात्कार विरुद्धको अभियानलाई सक्रिय बनाऔं ।’

परिवार दल जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष सानु मोक्तानले बलात्कारका घटना बढ्दै गइरहेको अवस्थामा युवालाई संवेदनशील बनाउन आवश्यक रहेको बताए ।

परिवार दल जिल्ला प्रवक्ता उद्धबराज कठायतले परिवार दल एक शान्तिवादी पार्टी भएको हुनाले नैतिकवान समाज, चारित्रिक व्यक्तित्व निर्माण गर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए । त्यसो हुन सके देशलाई आर्थिक समृद्धितिर लान सकिनेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा तरुण दल जिल्ला सचिव सचित थापा, लायन्स क्लब अफ मकवानपुर डाइमन्डका अध्यक्ष जेपी गुप्ता, नेपाल भारत मैत्री संघ मकवानपुरका अध्यक्ष प्रबिन मैनाली, नेपाल शिक्षक संघ नगर सचिव रञ्जन कठायत, कठायत समाज नेपालका केन्द्रीय अध्यक्ष शंकर कठायत, परिवार दलका कोषाध्यक्ष कृष्णहरी ढुङ्गाना, उपाध्यक्ष लोकेन्द्र सुर्खेती लगायतको उपस्तिथि रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: