बालिका सामूहिक बलात्कार गर्ने युवालाई एक साता हिरासतमै राखिने


प्रकाशित मिति :2018-12-31 12:42:34

–महिला खबर–

ललितपुर । रसुवामा एक बालिकालाई सामूहिक रूपमा बलात्कार गर्ने नुवाकोटका तीन युवालाई थप एक साता थुनामै राखेर अनुसन्धान हुने भएको छ ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठलाई थप एक साता थुनामै राखिने भएको हो ।

पुस ७ गते राती रसुवाको टिमुरेमा बलात्कृत भएकी बालिकाले दिएको उजुरीको आधारमा पुस ८ गते उनीहरु पक्राउ परेका थिए ।

बालिकाको स्वास्थ्य जाँच र प्रारम्भिक अनुसन्धानबाट बालिकामाथि सामूहिक बलात्कार भएको देखिएको तर स्वतन्त्र पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।

प्रहरी निरीक्षक अवाले उनीहरूलाई म्याद थपका लागि आज पुन अदालतमा पेश गरिने जानकारी दिए । युवाहरूले बलात्कारका निम्ति प्रयोग गरेको बा४ख ४३२ नम्बरको आइचर कम्पनीको मिनीट्रक समेत प्रहरीले नै नियन्त्रणमा राखेको छ ।

बलात्कारमा संलग्न नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठ पुस ८ गते नै पक्राउ परेका थिए । उनीहरू जिल्ला प्रहरी कार्यालय रसुवाको हिरासतमा रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: