–प्रकाश सिंह–
बाजुरा । त्रिबेणी नगरपालिका ८ कालापानीका तीन जना नाबालक दाजुबहिनीलाई सानो पाइला बाल गृहले संरक्षण गर्ने भएको छ । तीन दाजुबहिनी अलपत्र परेको समाचार महिला खबर डटकममा प्रकाशित भएपछि सानो पाइला बिरगञ्जले लालनपालनको जिम्मा लिने भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सानो पाइला संस्थाका प्रमुख रौनकराज सरिफले ती दाजुबहिनीको सम्पूर्ण व्यवस्थापन गर्नका लागि जिल्ला प्रशासन कार्यलय बाजुरालाई पत्रचार समेत गरिसकेको छ ।
प्रमुख जिल्ला अधिकारी चेतराज बरालले उक्त संस्थाको बारेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझिसकेको र अहिलेसम्म संस्थाको बारेमा कुनै नकारात्मक कुरा जानकारीमा नआएको हुँदा भाइबहिनीहरुलाई त्यहाँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
सानो पाइला संस्थाका प्रमुख रौनकराज सरिफले भने बच्चा अलपत्र रहेको समचार महिला खबरमा आएपछि आफूले थाहा पाएको र तिनीहरुको संरक्षण आफ्नो संस्थाले गर्नका लागि प्रक्रिया अगाडि बढाएको बताए ।
बुवा ज्यान ज्यान मार्ने उद्योगमा पक्राउ परेको वर्ष दिनमा आछाले छोडेर गएपछि त्रिबेणी नगरपालिका वडा नम्बर ८ कालापानीका १० वर्षका दिपेन्द्र गिरी, ८ वर्षकी संगिता गिरी र ६ वर्षकी सरिता गिरी सहाराविहीन अवस्थामा थिए ।
हेर्नुस् यस्तो थियो समाचार
Comment Here!