सञ्चारमा महिला सहभागिता बढाउन माग


प्रकाशित मिति :2019-01-12 10:29:49

-महिला खबर-

ललितपुर । संविधान र कानूनले महिलाको समानुपातिक समावेशीे सिद्धान्तको आधारमा महिला सभागिताको कुरा गरे पनि त्यसको कार्यान्वय पक्ष फितलो रहेको पत्रकार महिलाहरूले बताएका छन् । पहिला महिला सहभागिता हुनु आवश्यक भएको भन्दै त्यसपछि मात्रै उनीहरूको क्षमतामा प्रश्न गर्नु पत्रकार महिलाहरूले अनुरोध गरेका छन् ।

सञ्चारिका समूह र सेन्टर फर मिडिया रिर्सचको आयोजनामा भएको सञ्चार नीति र बन्दै गरेको कानूनहरूमा पत्रकार महिला विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन ।

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने गरेको पत्रकार महिलाहरूले गुनासो रहेका थियो ।

सरकारले अब बनाउने आमसञ्चार सम्बन्धी कानूनमा महिलाहरूको समानुपातिक सहभागिताको कुरा समेट्दै यसलाई परिमार्जन गरेर लैजानु पर्ने कुरामा पनि पत्रकार महिलाहरूले जोड दिएका छन् ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले प्रस्तुत गरेको नीति तथा कार्याक्रमको अवधारणा पत्रपछि छलफल गर्दैै उनीहरूले यस्तो कुरामा जोड दिएका हुन् ।

आम सञ्चार नीति र कानून सकारात्मक भए पनि बाध्यकारी नभएकाले यो प्रभावकारी हुन नसकेको भन्दै यसलाई बाध्यकारी व्यवस्था बनाउन पनि पत्रकार महिलाहरूले माग गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: