छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति


प्रकाशित मिति :2019-01-18 10:38:49

–यशोदा अधिकारी–

ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु भएको ९ दिनपछि सो घटनाको अध्ययन गर्न संसदीय समिति बनेको छ ।

संसदको महिला तथा सामाजिक समितिको बिहीबार बसेको बैठकले सो घटनाका सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको हो । छाउगोठमा बस्दा आगो लागेर अम्बा सहित उनका दुई छोराको पुस २५ गते निधन भएको थियो ।

समितिका सांसद गणेशसिंह ठगुन्नाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । छाउपडी प्रथा अन्त्यका लागि सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बिहीबार बसेको समितिकोे बैठकले समिति गठन गरेको हो ।

देशको सुदूरपश्चिम क्षेत्र लगायतमा कुप्रथाको रुपमा प्रचलनमा रहेको छाउपडी प्रथालाई अपराधको रुपमा स्वीकार गरी अन्त्य गर्न समितिले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

बैठकले मुलुकमा जकडिएर बसेको छाउपडी जस्ता कुप्रथा विरुद्ध प्रभावकारी सूचना सम्प्रेषण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्ने निर्णय पनि गरेको समिति सभापति निरुदेवी पालले जानकारी दिइन् ।

छापडी बस्दा महिलाहरुको मृत्यु भएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै समितिको बैठकले तत्कालका लागि छाउ भएका महिलाहरुको सुरक्षा गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले मुलुकी अपराध संहिता ऐनमा छाउपडी प्रथा अपराधका स्वीकार गरिएको भएपनि कानुनी रुपमा कार्यान्वयन गर्न समस्या परेको बताइन् ।

सरकारले आगामी वर्षलाई छाउपडी अन्त्य अभियान वर्षका रुपमा मनाउने गरी योजना बनाएको जानकारी गराउँदै मन्त्री थापाले तीनै तहका सरकार मिलेर छाउपडी प्रथा विरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

समितिको बैठकमा गृह सचिव प्रेमकुमार राईले छाउपडी प्रथा कानुनले अपराधका रुपमा स्वीकार गरेको भएपनि कसैले पनि उजुरी गर्न नआएको बताए ।

बैठकमा सञ्चारिका समूहकी सचिव यशोदा अधिकारीले छाउपडी बार्नेलाई कानुन अनुसार कारवाही गर्न सके विस्तारै यो प्रथा हटेर जाने बताइन् ।

त्यसै गरी नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगरले कुप्रथाहरु उन्मुलन गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गरे ।

बैठकमा सांसदहरुले सुदुरपश्चिम र कर्णाली प्रदेशमा कुप्रथाको रुपमा कायम रहेको छाउपडी प्रथा अन्यकालागि महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्न बाध्यपार्नेहरुलाई कुननी कारबाही गर्नुपर्नेमा जोड दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: