‘म घरको काम गर्छु’


प्रकाशित मिति :2019-01-18 11:39:26

–महिला खबर–

ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी जुटौं नारासहित लैंगिक समानता अभियान सिन्धुपाल्चोकको मेलम्चीमा गरिएको छ ।

लैंगिक समानताका लागि पुरुष हतेमालोको साथै महिलामाथि हुने घरयासी बोझ हटाउन घर भित्रबाट समानताको सुरुआत गर्ने उद्देश्यले अभियान गरिएको हो ।

जसअन्तर्गत सामाजिक सञ्जाल फेसबुक पेज मार्फत घर भित्र पुरुषले गरेको कामको फोटो ‘इनअफ क्याम्पियन’ मा राखेर लाईक कमेन्टको आधारमा सहभागीलाई पुरस्कृत गरिएको थियो ।

अभियानमा देशभरबाट १३ जना सहभागी भएका थिए । जसमा सिन्धुपाल्चोकको सबैभन्दा धेरै सहभागी रहेका अक्स्फाम नेपालकी प्रतिनिधि ईन्दिरा फुयाँलले जानकारी दिइन् ।

अक्स्फाम नेपाल, महिला आत्मानिर्भरता केन्द्र र ककनी सामुदायिक विकास केन्द्र साहायता सामाजिक संस्थाको साझेदारीमा उक्त अभियान सञ्चालन भएको हो । नोभेम्बर २५ देखि डिसेम्बर ३० सम्म भएको फोटो प्रतियोगितामा चितवनका बुद्धिबहादुर खड्का पहिलो भए ।

नुवाकोटका मनोज दोस्रो र सिन्धुपाल्चोकका नवीन कक्षपति तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ग्याँस चुल्हो, मिक्सचर, पानी तताउने भाँडा वितरण गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: