पुस महिनामा मात्रै १०४ महिलामाथि हिंसा


प्रकाशित मिति :2019-01-26 13:37:52

-महिला खबर-

ललितपुर । गएको पुस एक महिनामा महिला माथि १०४ वटा हिंसाका घटना भएको प्रतिवेदन सार्वजनिक भएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले प्रतिवेदन सार्वजनिक गर्दै हिंसाका घटना मध्य ५१ प्रतिशत महिला घर भित्रैका मान्छेबाट पीडित भएको जनाएको छ ।

सबै भन्दा धेरै ५८ प्रतिशत श्रीमान र २३ प्रतशित छिमेकीबाट महिला माथि हिंसा भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाको जोखिममा रहेका छन् । जसमा उक्त उमेर समुहका ३८ प्रतिशत महिलाले हिंसा भोगेका छन् ।

यस्तैगरी, २६ देखि ३५ वर्ष उमेर समुहका २५ प्रतिशत महिला, १६ वर्षभन्दा कम उमेरका १९ प्रतिशत, २६ देखि ३५ वर्ष उमेर समूहका १३ र ४५ वर्षभन्दा माथिका ५ प्रतिशत महिलाहरुमाथि हिंसा भएको पाइएको छ ।

५१ प्रतिशत महिला घरेलु र १६ प्रतिशत महिला माथि बलात्कार भएको ओरेकको पुस महिनाको प्रतिवेदनमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: