-ज्ञानु पंगेनी-
नवलपरासी । गेष्ट हाउसमा काम गर्न राखेर महिलालाई जबरजस्ती अनैतिक क्रियाकलापमा संलग्न गराएको आरोपमा नवलपरासीका एक जना गेष्ट हाउस सञ्चालक पक्राउ परेका छन् ।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका १० ग्लोबल चोकमा रहेको माउन्टेन गेष्ट हाउसका संचालक किसन सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।
गेष्ट हाउसका नाममा यौनजन्य कृयाकलाप संचालन गर्दै आएको स्थानीयको गुनासो बढेपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा गेष्ट हाउसमा काम गर्ने दुई जना महिलालाई आपत्तीजनक अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
ती महिलासँग सोधपुछ गर्दा संचालकले खाना पकाउने, सरसफाई गर्ने, भाँडा माझ्ने काममा मासिक तलब दिन्छु भरेर राखेको र पछि ग्राकहरुसंग यौनजन्य कृयाकलापमा संलग्न हुन दबाब दिएको बताएकाले सापकोटालाई पक्राउ गरिएको थापाले बताए ।
पक्राउ परेका सापकोटालाई मानव बेचबिखन तथा ओसारपसार अन्तरगतको मुद्धा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comment Here!