पत्रकार महिलाले भने – सम्पादकीय तहमा महिलाको खाँचो


प्रकाशित मिति :2019-01-31 23:22:15

-महिला खबर-

चितवन । चितवनको पटिहानीमा भएको पत्रकार महिलाका राष्ट्रिय सम्मेलनमा सहभागी पत्रकार महिलाहरुले अब पत्रकारिताको निर्णायक तहमा पत्रकार महिलाको उपस्थितिको खाँचो रहेको बताएका छन् ।

बुधबारदेखि शुरु भएको सम्मेलनमा आफ्नो कार्यपत्र पेश गर्दै वरिष्ठ पत्रकार बबिता बस्नेतले भनिन् – संख्यात्मक रुपमाा पत्रकारितामा महिलाको उपस्थिति कठै भन्ने छैन । तर, सम्पादकीय तहमा महिलाको संख्या निकै कम छ ।’

उनले नेतृत्व तहमा महिला बढाउन पहल गर्नुपर्ने पनि बताइन् । त्यसैगरी कार्यक्रममा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष निर्मला शर्माले पत्रकारितामा महिलालाई टिकाउन आवश्यक रहेको बताइन् । उनले पत्रकारितामा टिक्न महिलालाई निकै कठिन रहेको बताउँदै महिलालाई सांगठनिक र पेशागत नेतृत्वमा अघि बढ्न अझ कठिन रहेको भनिन् ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले संविधानले न‌ैै परिकल्पना गरेको समानुपातिक समावेशी सिद्धान्तलाई पत्रकारिता सम्बद्ध ऐन कानूनले समेट्न नसक्दा पनि नेतृत्वमा आउन पत्रकार महिलालाई समस्या भएको बताइन् ।

नेपाल पत्रकार महासंघको महिला समितिले आयोजना गरेको सम्मेलनमा सहभागी पत्रकार महिलाहरुले पेशागत र व्यक्तिगत सुरक्षाको सवाल पनि उठाएका थिए ।

साेही कार्यक्रममा पत्रकारिता पेशाको नेतृत्व तहमा र पत्रकार महासंघमा यसअघि रहेका पत्रकार महिलालाई सम्मान पनि गरिएको थियोे ।

कार्यक्रममा महासंघका जिल्ला शाखा उपाध्यक्ष, प्रदेश उपाध्यक्ष तथा वरिष्ठ पत्रकार महिलाहरुको सहभागीताा रहेक‍ छ ।

भोलि शुक्रबार घोषणापत्र जारी गर्दै सम्मेलन सकिने महासंंघको महिला समिति संयोजक लक्ष्मी पुनले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: