नीति नै बनाएर सम्पादकीय तहमा महिला बढाउँ – अध्यक्ष पण्डित


प्रकाशित मिति :2019-02-03 12:01:08

–महिला खबर–

चितवन । सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले सञ्चार माध्यम र पत्रकार सम्बद्ध संगठनहरुले सञ्चार नीति बनाएर महिलाको नेतृत्व बढाउनुपर्ने बताएकी छिन् ।

चितवनमा सञ्चारिका समूह जिल्ला शाखाको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पण्डितले भनिन्, ‘हरेक सञ्चार माध्यम र पत्रकारका संगठनहरुले नीति नै बनाएर सम्पादकीय तहमा महिला पुर्याउन पहल गर्नुपर्छ ।’

उनले पत्रकार महिला विभिन्न समस्याका बाबजुद पत्रकारितामा आएपनि मिडिया हाउस र सहकर्मीबाट पनि प्रोत्साहन र सहयोगी वातावरण नहुँदा बीचमै पत्रकारिता छाड्ने क्रम तीब्र रहेको पनि बताइन् ।

‘थोरै महिला पत्रकारितामा छन्’ उनले थपिन्, ‘ काम गर्न सहयोगी वातावरण नभए उनीहरु छाड्छन् र पत्रकारितामा महिलाको सहभागिता घटेको देखिन्छ ।’

उनले सहयोगी सहकर्मी, सञ्चार माध्यममा लैंगिकमैत्री व्यवहार र पत्रकार महिलाले पनि मेहनत गर्न सके यो पत्रकारितामा महिला टिक्न सक्ने पनि बताइन् ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारीले पत्रकार महिलाको दक्षता र क्षमता अभिवृद्धि गर्न पत्रकार महासंघ सँधै तयार रहेको पनि बताए । उनले भने, ‘हामी तपाईंहरुलाई पेशामा आर्थिक अभाव नहुने गरि अवसरको सिर्जना गराउन तयार छौं ।’

नेपाल पत्रकार महासंघ चितवनकै उपाध्यक्ष शान्ता अधिकारीले पनि पत्रकार महिलालाई निरन्तर पत्रकारितामा रहने वातावरण बनाउन आफू र महासंघ तत्पर गरेको प्रतिवद्धता जनाइन् ।

प्रेस सेन्टर नेपाल चितवनका अध्यक्ष प्रकाश ज्ञवालीले पनि जिल्लामा पत्रकारिता गरिरहेका पत्रकार महिलाहरुको पेशागत हकहित र निरन्तरताका लागि आफू र संगठनले हरपल सहयोग गर्न तयार रहेको बताए । सोही अवसरमा फोनिज चितवनका अध्यक्ष सन्दिप श्रेष्ठले सञ्चारिका समूह जिल्ला शाखासँग हातेमालो गरी काम गर्न तयार रहेको बताए ।

महिला खबर डटकमकी फिचर संयोजक प्रतिमा सिलवालले पत्रकार महिलालाई आफू दक्ष बन्नको लागि हरदम तयार रहन पत्रकार महिलालाई सुझाव दिइन् ।

सञ्चारिका समूह चितवनकी अध्यक्ष सिर्जना अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: