हिंसा पीडितलाई आर्थिक सहयोग गर्न बाल महोत्सव


प्रकाशित मिति :2019-02-04 14:11:27

–विष्णुप्रसाद पोखरेल–

दमक । झापाको दमकमा हिंसा पीडित महिलाहरुलाई सहयोग र आत्मनिर्भर बनाउने कार्य गर्दै आएको एक संस्थाले आर्थिक कोष निर्माणका लागि नयाँ उपाय निकालेको छ ।

महिला सशक्तिकरण केन्द्र नेपालले हिंसा पीडित महिलाहरुलाई आर्थिक कोष स्थापनार्थ सहयोग जुटाउने उद्देश्यले बाल महोत्सव गरेको हो । दमकमा माघ १७ गतेदेखि शुरु भएको बाल महोत्सवमा परम्परागत खानेकुराका परिकारहरु बिक्री गरेको छ । दमक ८ सरस्वती माध्यामिक विद्यालयमा आज सोमबार साँझसम्म महोत्सव चल्दैछ ।

उक्त संस्थाका पदाधिकारीहरु सहित सबै सदस्य मिलेर स्वदेशमै उत्पादित कृषि उपजबाट खानेकुराका परिकारहरु बनाएर बिक्री गरेका हुन् । महोत्सवस्थलमा प्रवेश गर्नेहरुलाई खाजा खुवाएर त्यसको बिक्रीबाट भएको आम्दानी कोषमा जम्मा गरिने उद्देश्य रहेको संस्थाकी अध्यक्ष भूमिका कोइरालाले बताइन् ।

उनका अनुसार दैनिक रुपमा २० हजारभन्दा बढि नै बिक्री भइरहेको छ । सिधै सहयोग उठाउन जाँदा प्रभावकारी नहुने भएकाले यो उपाय निकालेका हौ, कोइरालाले भनिन् । आफूहरुको स्टलमा आउनेहरुले महिला हिंसा विरुद्धको जानकारी पाउने र त्यस्ता महिलाहरु सम्पर्कमा आउने समेत अपेक्षा रहेका उनको भनाइ छ ।

फापरको पिठोबाट बनेको सेल रोटी, तरकारी र अन्य खानेकुराहरु बिक्रीबाट राम्रै आम्दानी भएको महिला अधिकारकर्मी सुमित्रा राईले बताइन् । हामी आफै पकाएर खुवाउँछौ, उनले भनिन् ।

महोत्सव मूल आयोजक समिति संयोजक समेत रहेकी दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले यो रचानत्मक काम भएको बताइन् । यसले महिला हिंसा विरुद्धको अभियानमा सहयोग पुगेको उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: