–महिला खबर–
ताप्लेजुङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ । फुङलिङ नगपालिका बस्ने २१ वर्षका मेघराज सार्कीलाई करणी उद्योगको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
गएको सोमबार बालिकालाई नगरपालिकाको नै जगलमा डरत्रास देखाई जबरजस्ती करणी गर्न खोजेको जाहेरीमा उल्लेख छ । आरोपित सार्कीको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
Comment Here!