सामूहिक खेतीमार्फत रोजगार बने महिला


प्रकाशित मिति :2019-02-12 16:17:35

-विष्णुप्रसाद पोखरेल-

दमक । झापा गौरादह ४ की ७१ वर्षकी बालकुमारी श्रेष्ठ हिजोआज आफुभन्दा झण्डै आधा कम उमेरका महिलाहरुसँगै बन्दाकोबीको बेर्ना गोडमेलमा हुन्छिन् ।

बिहानको थान्कोमुन्को सकेर उनी खेतमा जान्छिन् । हुन त उनको उमेरका अधिकांश महिला आराम गरेर घरै बस्छन् । तर, उनलाई घरमै पटक्कै बस्न मन लाग्दैन ।

भन्छिन्, ‘सबैसँग काम गर्दा रमाइलो हुन्छ । समय गएको पनि पत्तो हुँदैन ।’

स्थानीय गौरादह नगरपालिकामा रहेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको प्रबर्धनमा बनेको जागृती सहकारी खेतीमा उनी काम गर्न जाने गरेकी हुन् । एक घण्टा काम गरेबापत उनले ५० रुपैयाँ पनि पाउँछिन् ।

यहाँ कृषिसँग सम्बन्धित आफुले सकेको र जानेको काम रोजेर गर्न पाइन्छ । घरको काम सबै सकेर फुर्सदमा गफ गरेर बस्ने समयमा यहाँ आएर काम गर्दा मासिक १० हजारभन्दा बढि पैसा पाइन्छ, श्रेष्ठले भनिन् ।

उनीसँगै काम गर्दै थिईन् सुष्मा कोइराला । सुष्माले १ वर्षदेखि सहकारी खेतीमा काम गर्दै आएकी छिन् । दैनिक जति घण्टा भ्याइन्छ त्यति आएर काम गर्न पाइन्छ । ‘प्रतिघण्टा ५० रुपैयाँका दरले पैसा पाइन्छ’ उनले भनिन् ।

यहाँको २० बिगाह जमिनमा सामूहिक खेती शुरु गरिएको छ । जसमध्ये ८ बिगाहमा अर्गानिक खेती लगाइएको छ । त्यो भन्दा बढिस्थानीयले रोजगारी पाएका छन् । अझ महिलाले त आफूले भ्याएको समयमा आम्दानी गर्न सकिने काम पनि पाएका छन् ।

काउली, बन्दाकोबी, खुर्सानी लगायतको अर्गानिक खेती गर्दै आएका छन् । जागृती एकीकृत सहकारी खेतीका अध्यक्ष होमनाथ भण्डारीका अनुसार उक्त खेतीमा धेरै योगदान महिलाहरुको छ ।

सहकारी खेतीले ३१ घरधुरीका किसानलाई समेटेको र स्थानीय महिलालाई रोजगारीको अवसर पनि दिएको उनले बताए । भण्डारीले भने, ‘काम गर्न सक्ने उमेरका जो कोहि आएर पनि काम गर्न सक्नुहुन्छ, कसैलाइ पनि ज्यालामा समेत विभेद हुँदैन ।’

महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालका अनुसार जागृती एकीकृत र नमुना एकीकृत सहकारी खेती गरेर १ सय बिगाह जमिनमा सामूहिक खेती हुँदै आएको छ ।

ढकालका अनुसार संस्थामा १३ वटा अन्तर समूह, ३ वटा साना किसान समूहमा १९ सय ४३ जना महिला सदस्य आवद्ध छन् । घरको काम सकेर समय निकालेर महिलाहरु काम गर्न आउनुहुन्छ, ढकालले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: