लैंगिक हिंसा विरुद्ध चित्रकला प्रर्दशनी तथा कविता वाचन


प्रकाशित मिति :2019-02-17 11:52:39

–महिला खबर–

ललितपुर । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा चित्रकला तथा कविता वाचन कार्यक्रम गरिएको छ ।

मूलबाटो प्रतिष्ठानले काठमाडौंको खुला मञ्चमा कार्यक्रम गरेको हो । सो अवसरमा कलाकार रसिकराज र इपिएस स्कुलका विद्यार्थीहरुको तयार गरेका महिला हिंसाको अवस्था झल्किने चित्रकला प्रर्दशन गरिएको थियो ।

कार्यक्रममा कविहरु अस्मिता राई, प्रज्वल अधिकारी, स्मृती रानाभाट, सुरज पराजुली, राजु झल्लुप्रसाद र अन्शु खनालले लैंगिक हिंसा विरुद्धका कविता वाचन गरेका थिए । मूलबाटो प्रतिष्ठान नेपालले हरेक वर्ष फागुन महिनाभर महिनाभर लैंगिक हिंसा विरुद्ध विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि रहेकी अभियान्ता एवं लेखक राधा पौडेलले लैंगिक हिंसा अन्त्य गर्नका लागि फरक कोणबाट बहस गर्नुपर्नेमा जोड दिईन् । उनले भनिन् ‘हिंसा हुने मुख्य थलो भनेको घर र विद्यालय हो । त्यसैले हामीले लैंगिक हिंसा न्यूनिकरण गर्नको लागि घर र विद्यालय केन्द्रित रहेर बहस शुरु गर्न जरुरी छ ।’

ललितकला प्रतिष्ठानकी प्राज्ञ अरुणा हिङमाङ आफुले महिला हिंसा बिरुद्ध विम्बात्मक चित्र बनाए कै कारण नारीको चित्र कोर्ने चित्रकार भनेर चिनिएको बताउँछिन् । भनिन् ‘मैले बनाएको चित्रले धेरै सन्देश दिएको छ त्यसले गर्दा मलाई आपत्ति छैन, तर यो नारीको मात्रै समस्या हैन साझा समस्या हो भनेर बुझाउन गाह्रो छ अझै पनि ।’

सबै किसिमको लैंगिक हिंसा न्यूनिकरण गर्नको लागि मूलबाटो प्रतिष्ठान नेपालले कार्यक्रमको आयोजना गरेको अध्यक्ष प्रगती राईले जानकारी दिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: