मलाई मेरो पहिचान दे !


प्रकाशित मिति :2019-02-17 12:14:33

ए समाज !
मलाई मेरो पहिचान दे !
कहिले दिन्छस् मलाई मेरो पहिचान ?
कहिले अग्नी कुण्डमा धकेलिस्
कहिले बल्दो चितामा
कहिले बिधवा, कहिले छाउपडी
त कहिले सडकको रमितामा ।

श्रीभक्त पौडेल

परिवर्तनका छलाङ सँगसँगै
खुला आकाश र धर्ती होइन
५ प्रतिशतमा खुम्चाइस्
कहिलेसम्म भोग्नुपर्ने हो अझै मैले ?
सामाजिक बहिस्कार र तिरस्कार
र, पनि कोही सुन्दैन हाम्रो चित्कार,
केबल अश्लिलता र हवस्को व्यापार
के नारी साँच्चै अवाञ्छित हो ?
यदि हो भने
भत्काउ कान्तिपुरीका शक्ति पीठहरु,
कहिलेसम्म सुनाउँछस् आँफैलाई
गोमा ब्राम्हणीका कपोलकल्पित कथाहरु ?

ए समाज !
मलाई मेरो पहिचान दे !
कहिलेसम्म मलाई
साहिँली, माहिली र कान्छी भनेर चिनाउँछस् ?
पहिचान नागरिकतामा होइन
समाजमा स्थापित गर ।

थाकिसके अब त मृत निर्मलाहरु पनि
तर, थाक्दैनस तँ,
तेरो समाज, तेरो सरकार अनि तेरो कानून
कहिलेसम्म सशंकित हुनुपर्ने हो
सीमा अबधि आजै तोकिदे
तबसम्म म निस्कने छैन मेरो आँगनमा

ए मूलुकी ऐन,
कहिले दिन्छस् मलाई मेरो पहिचान ?
किन पास गर्दैनस् ए संसद ?
बलत्कारीलाई फाँसी दिने विधेयक
धेरै गायौं स्वतन्त्रताका गीतहरु
थाकेका छैनौं अझै हामी
थाकेका छैनन् हाम्रा पैतालाहरु
त्यसैले,
खबरदार ए सरकार !
लैङ्गिक असमानता खारेज गर
हामीलाई व्यवहारिक न्याय दे !
अनुभुती गरा कि
नारी स्वन्तन्त्र छे भनेर

होइन भने ,
नारी स्वतन्त्रता अब मागेर होइन
धावा र हल्ला बोलेर लिइनेछ
भाँचिनेछन् बन्दुकका नाल र लाठीहरु
जो माइतीघर मण्डलामा हामी माथि बज्रिएका थिए,
नाङ्गेझार हुनेछ त्यो बलात्कारी
अनि काटिनेछन् तिनका लिङ्गहरु !

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: