भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो


प्रकाशित मिति :2019-02-19 15:56:41

-विष्णुप्रसाद पोखरेल-

दमक । भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल ल्याइएको छ ।

भारतीय सुरक्षाकर्मी, महिला आयोग तथा माइती नेपालको सहयोगमा केही दिनअघि उनीहरुलाई उद्दार गरि बेचिनबाट जोगाइएको थियो ।

उनीहरुलाई भारतको मणिपुरबाट मंगलबार बिहान झापाको काकडभिट्टा ल्याइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

मणिपुरको इम्फालबाट भारतीय बसमा बिहान ९ बजे उनीहरुलाइ झापाको काकडभिट्टा नाका भएर झापा ल्याइएको हो । उद्दारपछि नेपाल ल्याइएको उनीहरुलाई ६ वटा बसमा दुईजना महिला प्रहरी, २ पुरुष प्रहरी र १ कमाण्डर गरेर ५ जना खटाएर काठमाडौं पठाईएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

नेपालको विभिन्न नाकाबाट मणिपुर पुर्याइएका उनीहरुलाई म्यान्मारको बाटो हुँदै इराक र संयुक्त अरब इमिरेट्स लैजान लागेको अवस्थामा उद्धार गरेको बताइएको छ । मानव बेचबिखनमा संलग्न रहेको आशंकामा मणिपुर प्रहरीले केहि व्याक्तिलाई पक्राउ गरेको पनि जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: