पत्रकार महासंघको अध्यक्ष बन्न महिला तयार छन् – अध्यक्ष पण्डित


प्रकाशित मिति :2019-02-22 11:46:42

–महिला खबर–

ललितपुर । सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले नेपाल पत्रकार महासंघलाई समावेशी बनाएर लैजानुपर्ने बताएकी छिन् ।

पत्रकार महासंघको बिहीबारदेखि पोखरामा भएको विधान अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष पण्डितले भनिन्, ‘पत्रकार महासंघको ६० वर्षको इतिहासमा एक जना पनि महिला अध्यक्ष किन बन्न सकेनन् ? जिल्ला अध्यक्ष पनि एक जना मात्रै महिला छन् ।’

उनले पत्रकार महासंघमा र पत्रकारिता क्षेत्रमा नै महिलाको संख्या बढाउने भनिएपनि व्यवहारमा भने त्यस्तो नभएको बताइन् । पत्रकारितामा महिला बढाउन सक्षम तथा दक्ष महिलालाई प्रोत्साहन गर्नुपर्ने उनको माग थियो ।

‘पत्रकारितामा महिलाको संख्या २५ प्रतिशत मात्रै छन् । अझ नेतृत्व तहमा त नगन्य नै छ ।’ अध्यक्ष पण्डितले भनिन्, ‘पत्रकारिताको प्रमुख पदमा जान तत्पर भएका महिला छन् । अवसरको मात्रै खाँचो छ ।’

पत्रकार महासंघका देशभरका सभासदहरुको सहभागी रहेको विधान अधिवेशन विधान संशोधन गरि आज समापन हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: