अन्यौलमा समाजिक सुरक्षा कार्यक्रम


प्रकाशित मिति :2019-02-22 16:21:38

-महिला खबर-

ललितपुर । तीन तहका सरकारबीच सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनको स्पष्ट कानून नहुँदा सरकारले सञ्चालन गरेका सामाजिक सुरक्षा कार्यक्रम पाउन नागरिकलाई कठिन भएको छ ।

देश संघीय संरचनामा गइसकेपछि कोषबाट पाउने रकम लिन सिंहदरबार नै धाउनुपरेको गुनासो सेवाग्राहीहरुको छ ।

संचारिका समूहको समकोण टेलिभिजन कार्यक्रममा बोल्दै हिंसामा परेका महिला, एकल महिला तथा बेचबिखनमा परेका नागरिकले यस्तो सेवा सहजै पाउन नसकेको गुनासो गरेका हुन् ।

उनीहरुको गुनासो सुन्दै प्रतिनिधि सभा सदस्य तथा महिला तथा सामाजिक विकास समितिका सभापति निरुदेवी पालले यसको समन्वयकारी कानून छिटै ल्याउने तयारी भएको बताइन् ।

सामाजिक सुरक्षा कोषहरुलाई सिंहदरबारमा मात्रै नराखेर स्थानीय तहसम्म पुर्याउने काममा सरकार गम्भीर भएर लागेको उनले बताइन् ।

अधिकारकर्मी तथा राष्ट्रिय मानवअधिकार आयोगका पुर्व सदस्य गौरी प्रधानले सरकारको यो कल्याणकारी अवधारणा प्रगतिशिल भएपनि यसको कार्यान्वयनमा जटिलता देखिएको बताए ।

उनले भने, ‘हामीसँग पैसा भएपनि त्यसको खर्च गर्ने पक्रिया झन्झटिलो र केन्द्रमुखी हुँदा प्रभावितको पहुँचमा पुग्न सकेको छैन ।’

महिला तथा बालबालिका कार्यालय स्थानीय तहको मातहतमा गइसकेकाले विभिन्न सामाजिक सुरक्षा कोष सञ्चालन अन्यौलमा रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सह–सचिव रुद्रादेवी शर्माले बताइन् ।

‘अहिले केन्द्रमा मात्रै यस कोषको सञ्चालनको व्यवस्था भएकाले काममा अलमल भएको छ’ उनले भनिन्, ‘यस कोषलाई कसरी लैजाने भन्ने कुरामै सरकार अभ्यासरत छ, छिट्टै नै यसलाई हामी प्रभावकारी बनाउने छौँ ।’

सरकारले अहिले लैंगिक हिंसा निवारण कोष, एकल महिला सुरक्षा कोष, मानव बेचबिखन नियन्त्रण कोष लगायतका सामाजिक सुरक्षा कोष सञ्चालन गरेको छ ।

गएको आर्थिक वर्ष लैंङ्गिक हिंसा निवारण कोषमा भएको ५करोड ८८ लाख १८ हजार ३ सय रुपैयाँ मध्ये २२ लाख ८६ हजार मात्र वितरण भएको देखिन्छ । यस्तै एकल महिला सुरक्षा कोषको ४ करोड २२ लाख ६६ हजार २ सय ५० रुपैयाँ मध्ये ६ लाख ४८ हजार र मानव बेचबिखन नियन्त्रण कोषको २ करोड ७२ लाख ६३ हजार ९ सय ७० रुपैयाँ मध्ये ७९ लाख ८२ हजार ३ सय ५४ वितरण भएको देखिन्छ ।

नेपालको संविधान २०७२ ले सामाजिक सुरक्षालाई नागरिकको मौलिक हकको रुपमा ग्यारेण्टी गरेको छ । तर, कार्यान्वयनको चरणमा भएको सामाजिक सुरक्षा कोष पनि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सञ्चालनमा अन्यौलता आएको छ ।

यस विषयमा गरिएको समकोण टेलिभिजन कार्यक्रमको छलफल आज बेलुकी ९ बजे कान्तिपुर टेलिभिजन र समकोण युटुब च्यानलमा एकैसाथ प्रशारण हुँदै छ ।

हेर्नुस् प्राेमाे :

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: