साहसी बाल ‘सैनिक’ (तस्वीरसहित)


प्रकाशित मिति :2019-02-24 14:50:14

–विष्णुप्रसाद पोखरेल–

दमक । नेपाली सेनाको जस्तो पहिरन । भीआइपी आँउदा दिने सलामी पनि उस्तै । तर, उमेर १४/१५ वर्ष । बालबालिका पनि नेपाली सेनामा ? धेरै मान्छे उनीहरुलाई देख्दा यस्तै प्रश्न गर्छन् ।

तर उनीहरु सेना होइनन् । यद्यपि उनीहरु सेनाको झैं तालिमप्राप्त विद्यार्थी हुन् ।

झापाको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा कक्षाका विद्यार्थीहरुले राष्ट्रिय सेवा दल अन्तर्गत तालिम लिएका छन् । तीनै मध्ये एक हुन् समिता कार्की ।

उनी भन्छिन्, ‘हामी सेना होइनौं ।’ उनमा कसैले कुटपीट गर्न खोजे वा आक्रमण गर्न आए सहजै प्रतिकार गर्ने साहस छ ।

त्यतिमात्रै होइन कतै आपत पर्यो भने पनि उद्धार गर्न पुगिहाल्छिन् । समिति थप्छिन्, ‘हामी पढाइलाई असर नपुग्ने गरी ठूला कार्यक्रमहरुमा सहयोग गर्न, आपत पर्यो भने उद्धारमा पनि खटिन्छौ ।’

समिताकै सहकर्मी हुन् आइशा राजवंशी । राष्ट्रिय सेवा दलबाट तालिम लिएपछि उनमा पनि साहस निकै बढेको छ । ‘आफूमाथि कसैले अब कुदृष्टि राख्ने र हिँसा गर्ने आँट गर्यो भने प्रतिकार गर्न सक्छु ।’ आत्मबलका साथ राजवंशीले सुनाइन् ।

कार्की र राजवंशी जस्तै १६ जना छात्राले राष्ट्रिय सेवा दलको तालिम लिएका छन् । झट्ट हेर्दा उनीहरुको व्यवहार पनि सैनिक झैं लाग्छ ।

सैनिक होइनन् तर सैन्य तालिम भने लिएका छन् । राष्ट्रिय सेवा दलले विद्यालयल छनौट गरेर वा विद्यालयमा नै आएर र आवश्यकता अनुसार नजिकको सैन्य गणमा लगेर समेत तालिम दिने गरेको छ ।

२०२७ सालमा नै तत्कालिन राजा महेन्द्र शाहले राष्ट्रिय सेवा दल ऐन, २०२७ ल्याएका थिए । सोही ऐन अन्तर्गत राष्ट्रिय सेवा दल गठन भएको र त्यसैले यो कार्यक्रम चलाउँदै आएको हो ।

ऐनको प्रस्तवानामा छात्रछात्राहरुमा नै बफादारीको भावना जागृत गराई राष्ट्रिय सेवा भाव विकसित गरी योग्य र अनुशासित नागरिक बनाउन र उनीहरुमा नेतृत्वको क्षमता बढाउन सैनिक तालिम दिइने उल्लेख छ ।

विद्यार्थीहरुलाई नेपाली सेनाले शारीरिक तालिम, ड्रिल, सैनिक कला, हाईकिङ्ग, एरोविक्स, हतियारबारे जानकारी र साहसिक तालिम सिकाउने गरेको सहभागीहरुले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: