महिलाको हत्यारा पहिचान र कारबाही माग गर्दै महिलाले गरे प्रदर्शन


प्रकाशित मिति :2019-02-26 12:01:46

–महिला खबर–

कपिलवस्तु । शुक्रबार राती हत्या गरिएकी वाणगंगा ४, झुंगाकी अनिता पौडेलको हत्यामा संलग्नलाई पहिचान गरी कारबाहीको माग गर्दै जिल्लाका महिलाहरुले प्रदर्शन गरेका छन् ।

वाणगंगाका करिब ३ सय महिलाले इलाका प्रहरी कार्यलय पिपरा घेराउ समेत गरेका हुन् । सोमबार दिउँसो गरिएको प्रदर्शन पछिको कोणसभामा तत्काल हत्यारा पत्ता लगाउन नसके कडा आन्दोलन गर्ने महिलाहरुले चेतावनी दिएका छन् ।

महिला अधिकारकर्मीहरुले अगुवाई गरेको सो प्रदर्शनमा वाणगंगा नगरपालिकाका सबै वडाबाट महिलाहरु स्वस्फूर्त सहभागी भएका थिए ।

अधिकारकर्मी चेतना अधिकारीले हत्यारा पत्ता नलगाउँदासम्म महिलाहरुले चरणबद्ध संघर्ष गर्ने बताइन् । मृतकको शव अञ्चल अस्पताल बुटवल स्थित शव गृहमा राखिएको छ । महिलाहरुले भने दोषी पक्राउ नपरेसम्म दाहसंस्कार नगर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्यूतम प्रसाद पुडासैनीले हत्याराको खोजी र तत्काल पक्राउ गर्न प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको बताए ।

होराइजन माध्यामिक विद्यालय गजेहडामा कार्यालय सहयोगीको रुपमा कार्यरत २६ वर्षीया अनिताको शुक्रबार राती हत्या गरिएको थियो । छोराछोरीलाई बर्थडेको केकसँगै बेहोस हुने औषधी खुवाएर पौडेलको हत्या गरिएको थियो ।

घटनाको लामो समयपछि होसमा आएका मृतकका छोराछोरीले बुटवलका अंकल आएको बताए पनि हत्यामा संलग्न ती दुई जना को थिए अझैसम्म खुल्न सकेको छैन ।

श्रीमानसंग सम्बन्ध चिसिएपछि अदालतबाट अंश मुद्धा किनारा लाग्ने चरणमा रहेकै समयमा पौडेलको हत्या भएको हो । मृतकका श्रीमान विष्णु पौडेल भने घटनाको समयमा भारतमा थिए ।

श्रीमान् सहित परिवारका सदस्यले पटक पटक कुटपीट गर्ने गरेको भन्दै मृतकले प्रहरीमा पटक पटक उजुरी दिएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: