आमाले नै ‘छोरी मरी’ भनेपछि…..


प्रकाशित मिति :2019-02-26 14:27:24

-विष्णुप्रसाद पोखरेल-

दमक । अघिल्लो साताको मंगलबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा सूचना आयो १९ महिनाकी बालिका हराइन् ।

हुलिया सहित बालिकाको मामा प्रहरी कार्यालयमा नै पुगे । तत्कालै प्रहरीले जिल्लाका सबै प्रहरी युनिटलाई बालिकाको हुलिया सहित खोजीको लागि सर्कुर भयो ।

प्रहरीले अामाबाबुसँग बालिकाकाे बारेमा साेधीखाेजी गर्याे । तर, बालिकाका आमाबाबुले भने छोरीको बारेमा फरक फरक कुरा भनिरहे । उनीहरुले ‘कहिले बिरामी भएर मरी, कहिले हराइ त कहिले कहाँ गइ थाहा छैन ।’ भने ।

अामा बिनाकाे साथमा १९ महिनाकी छाेरी ।

अभिभावकको फरक फरक भनाइ पछि प्रहरी निक्कै अलमलमा पर्यो । यद्यपि, बालिका हराएका एक सातापछि सकुशल भेटिएकी छिन् । बालिका हराएको घटना विवरण भने नाटकीय भएको प्रहरीले पत्ता लगाएको छ ।

को हुन् बालिकाका अभिभावक ?

झापाको गौरीगञ्ज गाउँपालिका २, कोहबरामा गरिब दम्पती बस्छन् । उनीहरुका ४ जना छोराछोरी छन् । सबै २० वर्ष मूनिका छन् । ३ जना आफन्तको घरमा काम गर्दै पढ्छन् ।

१९ महिनाकी बालिका भने बाबुआमासँगै थिइन् । ५० वर्षका खड्गबहादुर तामाङ र उनकी श्रीमती बिना तामाङकी १९ महिने बालिकाको नाम चञ्चला हो ।

बाबु खड्गबहादुर राम्रोसँग हिडडुल गर्न सक्दैनन् । केही समयअघिदेखि थला परेका छन् । बिना भने छोरी र श्रीमान पाल्न छोरी च्यापेर माग्न जाने गर्थिन् । उनले मागेर ल्याएको खानेकुराले नै उनीहरुको बिहान बेलुकाको छाक टर्ने गर्थ्यो ।

कसरी हराइन् बालिका ?

फागुन ७ गते मंगलबार चञ्चलाका मामा विष्णुबहादुर तामाङ बहिनीको घर गएका थिए । उनले घरमा भान्जी देखेनन् ।

बहिनी र ज्वाईंलाई सोध्दा उनीहरुले केही बोलेनन् । पटक पटक भान्जीको बारेमा सोध्दा ‘हराएको’ भनेपछि हतार हतार प्रहरी कार्यालय आएर भान्जी हराएको निवेदन दिएको उनले बताए ।

त्यसपछि प्रहरीले आमाबुबासँग सोधपुछ गर्यो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र याक्तेनका अनुसार बालिकाकी आमा बिनाले सुरुमा बिर्तामोडमा मागेर हिँड्ने क्रममा गलेर सुत्दा नानी हराएको बताइन् ।

त्यसपछि बिर्तामोड प्रहरीको सहयोगमा शनिबार दिनभर बालिकालाई प्रहरीले खोज्यो । तर, केही पत्ता लागेन । त्यसपछि प्रहरीले पुनः बिनालाई केरकार गर्यो ।

प्रहरी निरीक्षक याक्तेनका अनुसार निक्कै केरकार पछि बिरामी भएर छोरी मरेको र रतुवा खोलामा पुरेको बिनाले बताएको बताइन् । त्यसपछि प्रहरी रतुवा खोलामा परिचालन भयो । उनले भने, ‘खाल्डाखुल्डी र शंकास्पद सबै ठाँउमा खन्यौं । कुइएको सिनोदेखि लिएर दिसा गरेर छोपेको पनि हेर्यौं ।’

रतुवा खोलामा खोज्दा नभेटिएपछि प्रहरीले फेरि आमा बिनालाई केरकार गर्यो । त्यसपछि बिनाले दोस्रो भनाइ पनि फेरिन् । बिर्तामोडमा एक परिवारलाई छोरी दिएको बताइन् । त्यही बयानको आधारमा बालिका खोज्दा प्रहरीले भेट्यो । बालिका सकुशल थिइन् । प्रहरीले बालिका जिम्मा लिएकाे परिवारका बारे भने केही बताएकाे छैन ।

भेटिएकी बालिकालाई प्रहरीले मावली पक्ष सहितलाई बोलाएर सोमबार परिवारको जिम्मा लगाएकाे छ । ‘बालिकालाई बिक्री गरेको वा गलत नियतले राखेको भने पाइएन । त्यसैले कसैलाई कारबाही अगाडि बढाइएन’ प्रहरी निरिक्षक याक्तेनले भने ।

आमाले किन अरुलाई छोरी दिइन् ?

बिनाले छोरी किन अरुलाई दिएको भन्नेबारे केही बताएकी छैनन् । तर, उनले प्रहरी कार्यालयमा भेटिएकी छोरीलाई हेर्दै श्रीमानलाई भन्दै थिइन्, ‘यति राम्रो लुगा किनेर छोरीलाइ दिन सक्नुहुन्थ्यो ?’

उनको भनाइ र आर्थिक अवस्था हेर्दा गरिबीका कारण आमाले १९ महिने बालिका अरुलाई दिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले परिवारको जिम्मा लगाएपछि बालिकाको सुरक्षा भने चुनौतीपूर्ण रहेको आफन्त तथा सरोकारवालाहरु चिन्ता व्यक्त गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: